Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

राजनीति
  • अबको तीन वर्षभित्र देशका स… Feb 4, 2017 Arthatantra
    ताप्लेजुङ । ऊर्जामन्त्री जनार्दन शर्माले अबको तीन वर्षभित्र देशका सबै ठाँउमा विद्युत्को केन्द्रीय प्रशारण लाइन पुग्ने बताएका छन् । “समग्र ग्रामीण विद्युतीकरणको योजनाअनुरुप अबको तीन वर्षमा नै मुलुकका सबै क्षेत्रमा विद्युत् सेवा पुग्ने गरी सरकारले काम गरिरहेका छन्,” ताप्लेजुङ सदरमुकाममा शुक्रबार भएको एक कार्यक्रममा उनले भने । “केन्द्रीय प्रशारण लाइन पुगेका क्षेत्रलाई लोडसेडिङ मुक्त बनाउने र नपुगेका क्षेत्रमा विद्युत् पु¥याउने ...
  • नेत्रविक्रम चन्द(विप्लव) म… Feb 3, 2017 Arthatantra
    काठमाडौं । नेपाल प्रहरीले विभिन्न जिल्लाहरुमा सिके राउतका कार्यकर्तासँगै नेत्रविक्रम चन्द (विप्लव) माओवादी निकट कार्यकर्ताहरुको पनि विवरण संकलन सुरु गरेको छ । चन्द नेतृत्वको माओवादीले देशमा सशस्त्र संघर्ष गर्ने धम्की दिइरहेको र आगामी चुनावमा हिंसात्मक गतिविधि गर्ने सम्भावना भएकाले उनीहरुमाथि निगरानी थालिएको बताईएको छ । यता स्वतन्त्र मधेस अभियान चलाइरहेका सीके राउत बिहीबार पक्राउ परेका थिए । विशेष गरी सिके राउतको ...
  • म मन्त्री र मन्त्रालयको काम छैन भनेर मन्त्रीले भनेपछि प्रधानमन्त्री प्… Feb 2, 2017 Arthatantra
    काठमाडौ । गरिवी निवारण तथा सहकारीमन्त्री हृदयराम थानीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरिवी निवारण कोष आफू नेतृत्वको मन्त्रालयलाई नदिने हो भने मन्त्रालय नै खारेज गरिदिन आग्रह गरेका छन् । उनले भने,‘मन्त्रालयको मन्त्रीमात्रै भएर म बस्दिन्, मन्त्रालय अन्र्तगतका ४९ वटा महत्वपूर्ण कार्यक्रमहरु अरु मन्त्रालयसँग छन्, मेरो मन्त्रालयमा कुर्सी बाहेक अरु केही छैन, गरिवीलाई यतिवेला कार्ड होईन, राहत चाहिएको छ, राहतको लागि मन्त्रालयसँग ...
  • देशलाई मिलाउने जिम्मेवार… Feb 2, 2017 Arthatantra
    काठमाडौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा तीन तहको निर्वाचन गराइए मात्र प्रजातन्त्र बलियो हुने बताएका छन् । प्रजातान्त्रिक विचार समाजद्वारा प्रकाशित पुस्तक ‘चिन्तन’को लोकार्पण गर्दै सभापति देउवाले सबै दललाई मिलाएर तीन तहको निर्वाचन गराइए मात्र प्रजातन्त्र बलियो हुने बताए । उनले भने, “सम्पूर्ण देशलाई मिलाउने जिम्मेवारी काँग्रेसको काँधमा रहेको छ ।” उनले संविधान कार्यान्वयन भएमात्र मुलुक आर्थिक रुपमा अगाडि ...
  • गाविस सचिवले काम ठप्प पारे… Feb 1, 2017 Arthatantra
    झापा । प्रोत्साहन भत्ता रोकेकोमा विरोधमा गाविस सचिवले आजबाट झापाका सबै गाविस कार्यालयको काम ठप्प पारेका छन् । कार्य सम्पादनको आधारमा दिने भनेको प्रोत्साहन भत्ता अर्थ मन्त्रालयले रोक्का गरेका कारण गाविस सचिवले कार्यालयको काम ठप्प पारेका हुन् । गाविस सचिवले सरकारले निजामती कर्मचारीलाई कानुन निर्माण गरी सङ्घीय, प्रदेश र स्थानीय तहमा समायोजन गर्ने कानुनको मस्यौदा गर्न लागेको सन्दर्भमा आफ्ना सुझाव पनि ...
  • विकास निर्माणमा राजनीति न… Jan 31, 2017 Arthatantra
    इलाम। नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले इलाम क्षेत्र नं १ अन्तर्गत कोल्बुङमा निर्माण भइरहेको विकास निर्माणका गतिविधिको स्थलगत अनुगमन गरेका छन् । सांसद विकास कोषअन्तर्गत सञ्चालन भइरहेका विद्युतीकरण, विद्यालय निर्माण, सडकलगायत पूर्वाधारको अनुगमन गरिएको हो । अनुगमनपछि पूर्वप्रधानमन्त्री खनालले कुनै पनि विकास निर्माणमा राजनीति गर्न नहुने बताउँदै विकासका गतिविधि पारदर्शी रूपले सञ्चालन हुनुपर्नेमा जोड दिए । निर्वाचन क्षेत्र नं ...
  • एउटा राजमार्ग, जसले हिजोका… Jan 30, 2017 Arthatantra
    सिन्धुली । नागबेली शैलीमा एसियाकै नमुनाका रुपमा निर्माण भएको बिपी राजमार्ग नयाँ प्रविधि र नयाँ शैली प्रयोग भएको छ । बाहिरबाट हेर्न आउने तथा बाटोमा सवारी साधन चलाउने चालक जोसुकै हुन् बाटोको नमुना र सुन्दरता मन नपराउने सायदै नहोलान् । तराईको समथर भूभागदेखि सुरु भएर चुरेपहाड, महाभारतलाई नै छिचोलेर राजधानीसँग जोड्ने नेपालको सबैभन्दा छोटो सडकमार्ग बिपी राजमार्ग बनेको छ । महोत्तरीको ...
  • वास्तवमा मन्त्रीहरु किन आ… Jan 29, 2017 Arthatantra
    रुपन्देही। प्रदेशको राजधानी र स्थानीय  निर्वाचनलाई  लक्षित गरेर रुपन्देहीमा मन्त्रीहरु तथा नेताहरु आवतजावतमा तीव्रता आएको छ । महत्वपूर्ण कार्यक्रमभन्दा  पनि आफ्नो उपस्थिति देखाउन र कार्यकर्तासँग नजिक हुनका लागि मन्त्रीहरु रुपन्देहीमा पटकपटक आउने गरेका छन् । रुपन्देहीमा शनिबार तीन मन्त्री विभिन्न कार्यक्रमा  सहभागी भए। रक्षामन्त्री बालकृष्ण खाँण, वनमन्त्री शङ्कर भण्डारी, वाणिज्य तथा आपूर्तिमन्त्री  दीपक बोहरा बुटवल तथा आसपासका कार्यक्रममा गएका हुन् । ...
  • केपी ओली भन्छन् संसद सदस्य… Jan 28, 2017 Arthatantra
    चितवन। नेकपा (एमाले(का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा संवैधानिक र राजनीतिक सङ्कट आउन नदिन एमाले दृढ सङ्कल्पित रहेको बताएका छन् । प्रेस चौतारी नेपाल चितवन शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आउँदो माघ ७ गतेभित्र तीनै तहको निर्वाचन गरेर देशमा संवैधानिक र राजनैतिक सङ्कट आउन नदिने पक्षमा एमाले रहेको बताए । तोकिएको समयमा प्रतिनिधिसभाको निर्वाचन हुन सकेन भने संविधानसभाबाट रुपान्तरित व्यवस्थापिका–संसद्को ...
  • केपी ओलीको ‘म प्रधानमन्त्… Jan 27, 2017 Arthatantra
    काठमाडौ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला गरिएका मुख्य सम्बोधनको सङ्गालो ‘म प्रधानमन्त्री हुँदा’ पुस्तकको आज राजधानीमा ओयोजित एक कार्यक्रमकाबीच  लोकापर्ण  गरिएको छ । प्रेस चौतारी नेपालद्वारा आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओली, एमाले नेता रघुवीर महासेठ, राजनीतिक विश्लेषक श्रीकृष्ण अनिरुद्ध गौतम, दिनेश सत्याल ‘सौरव’ चरण प्रसाईँ तथा पत्रकारद्वय कृष्णमुरारी भण्डारी र विजयकुमार पाण्डेले सयुक्तरुपमा उक्त पुस्तकको लोकापर्ण गरे ...

[aas_zone zone_id=”6984″]