Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

राजनीति
  • यस्तो छ नुवाकोटमा पछिल्लो … Dec 8, 2017 Arthatantra
    काठमाडौँ । प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नुवाकोटमा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । बिहीबार साँझदेखि शुरु भएको मतगणनाको आज बिहान ६ बजेसम्मको पछिल्लो परिणामअनुसार प्रतिनिधिसभा क्षेत्र नं १ मा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार हितबहादुर तामाङ तीन हजार ३३३ मतका साथ अग्रस्थानमा रहेका छन् । भने नेपाली काँग्रेसका उम्मेदवार डा रामशरण महतले दुई हजार ८७१ मत प्राप्त गरेका ...
  • धादिङ १ मा बाम गठबन्धनको द… Dec 8, 2017 Arthatantra
    धादिङ । धादिङको प्रतिनिधि सभा क्षेत्र नं. १ र प्रदेश सभाका दुई वटौ क्षेत्रमा बाम गठबन्धनका उम्मेदवारले लोकतान्त्रिक गठबन्धनका उम्मेदवार भन्दा दोब्बर बढी मतले अग्रता लिएका छन् । बाम गठबन्धनका उम्मेदवार नेकपा एमाले धादिङका अध्यक्ष भुमि त्रिपाठीले लोकतान्त्रिक गठकन्धन (नेपाली काँग्रेस) का विश्व अर्याल भन्दा दोब्बर बढीले अग्रता लिएका हुन् । प्रदेश सभामा पनि नेकपा एमालेका उम्मेदवार राजेन्द्र पाण्डेले नेपाली काँग्रेसका मदु ...
  • यस्तो छ जाजरकोट, बैतडी र सो… Dec 7, 2017 Arthatantra
      काठमाडौं । प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का शक्तिबहादुर बस्नेतले एक हजार १७१ मत ल्याएर अग्रता लिएका छन् । नेपाली काँग्रेसका राजीवविक्रम शाहले ८६२ मत ल्याएका छन् । त्यस्तै प्रदेशसभा (क) मा वाम गठबन्धनकै गणेशप्रसाद सिंहले एक हजार ३८१ र काँग्रेसका वेदराज सिंहले ७४१ प्राप्त गरेका छन् । प्रदेशसभा (ख) मा पनि वाम गठबन्धनकै करवीर शाहीले एक हजार २०० ...
  • यस्तो छ धादिङको प्रारम्भि… Dec 7, 2017 Arthatantra
    यस्तो छ धादिङको प्रारम्भिक मत परिरणाम धादिङ । प्रतिनिधि सभा र प्रदेश सभाको मत परिणाम आउन शुर भएको छ । धादिङ जिल्लको प्रारम्भिक मत परिणाममा बाम गठबन्धन भारी मतान्तरले अगाडी देखिएको छ । धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर १ बामगठबन्धन– भूमि त्रिपाठी– २३११ लोकतान्त्रिक गठबन्धन –विश्व अर्याल– १३८३ धादिङ १ प्रदेश सभा १ राजेन्द्र पाण्डे – १६०० एमाले मदु कुमार श्रेष्ठ – ६०० काँग्रेस धादिङ १नं क्षेत्र प्रदेश सभा ...
  • मतपेटिका बोकेको गाडीमा बम … Dec 7, 2017 Arthatantra
    सिन्धुली । सिन्धुलिको हरिहरपुरगढी गाउँपालिका–७ क्यानसिरमा आज साँझ बम विस्फोट भएको छ । आज भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको मतदान सम्पन्नपछि मतपेटिका ल्याउँदै गरेको सवारी साधनमा लक्ष्य गरी बम पड्काइएको हो । हरिहरपुरगढी गाउँपालिका–७ भुताहा प्राविका क र ख मतदान केन्द्रका मतपेटिका ल्याउँदै गरेको सवारी साधनमा लक्ष्य गरी बम विस्फोट गराइएको थियो । सोही क्रममा ना ३ च ९४७१ नंको बोलेरोको ...
  • यस्तो छ रसुवा, सिन्धुपाल्च… Dec 7, 2017 Arthatantra
    काठमाडौं । रसुवामा एक हजार २४७ मत गन्दा लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार मोहन आचार्यले ७२१ र वाम गठबन्धनबाट नेकपा (एमाले)का जनार्दन ढकालले ४४८ मत प्राप्त गरेका छन् । सिन्धुपाल्चोक– जिल्लामा एक हजार ३६० मत गन्दा वाम गठबन्धनबाट नेकपा(माओवादी केन्द्र)का अग्निप्रसाद सापकोटाले ७३५ र लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका मोहनबहादुर बस्नेतले ७३५ मत प्राप्त गरेका छन् । बाजुरा– जिल्लामा प्रतिनिधिसभातर्फ ९१२ मत गन्दा ...
  • निर्वाचन सम्पन्न भए लगत्त… Dec 7, 2017 Arthatantra
    काठमाडौं । नेकपा एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीका सचिव विष्णु रिमालले मतदानका दिन भएका घटनाप्रति दुःख व्यक्त गर्दै निर्वाचनमा सहभागी आम नागरिक, सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी, पत्रकार लगायतलाई धन्यवाद व्यक्त गरेका छन् । प्रेस नोट २१ मंसिर २०७४ स्थानीय तहको निर्वाचनको तुलनामा कम प्रतिशत मतदान भए पनि प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचन सम्पन्न भएको छ । सुनसरी, सर्लाही, भक्तपुरलगायतका जिल्लामा निर्वाचन प्रक्रियालाई ...
  • धादिङमा फर्जी मतदान गरेको … Dec 7, 2017 Arthatantra
    धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका वडा नं ४ को मुक्रावदेवी मावि मतदान केन्द्रमा पुनःमतदानको माग गर्दै संयुक्त रुपमा उजुरी दिएका छन् । मृतक, विदेशिएका र निर्वाचन कर्मचारी भएर अन्यत्र गएकाको नाममा मत हालेको भनी पुनःमतदान गर्न माग गर्दै आज दुई स्वतन्त्र उम्मेदवारले प्रमुख निर्वाचन अधिकृतसमक्ष उजुरी गरेका छन् । प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार रामबहादुर सिलवाल र प्रदेशसभाका स्वतन्त्र उम्मेदवार, प्रतिनिधिसभा ...
  • निर्वाचन विरोधी गतिविधिम… Dec 5, 2017 Arthatantra
    चितवन । निर्वाचन विरोधी गतिविधिमा संलग्न गरी ४६ जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ । त्यसमा निर्वाचन विरोधी गतिविधिमा संलग्न विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका २५ जना रहेको चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए । निर्वाचनपूर्वको सुरक्षा रणनीतिअनुसार जिल्ला सुरक्षा समितिले शुरु गरेको खोजी अभियानका क्रममा विभिन्न आपराधिक क्रियाकलाप र निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको प्रहरीको दावी छ । चितवनमा ...
  • एमाले नेता नेपालको प्रचार… Dec 4, 2017 Arthatantra
    काठमाडौँ । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले मुलुकलाई विकसित राष्ट्र बनाउन जनताले अब वाम गठबन्धनलाई मतदान गर्नुपर्नेमा जोड दिएका छन् । वाम गठबन्धनले कोटेश्वरमा आज आयोजना गरेको चुनावीसभामा उनले देशमा स्थिर सरकार र जनतालाई समृद्ध बनाउन अब देशमा वाम गठबन्धनको नेतृत्वमा सरकार बन्ने निश्चित भएको बताए । काठमाडौँ–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार उनले मुलुकमा लोकतान्त्रिक व्यवस्था कायम गरी जनतालाई अधिकार प्रदान ...

[aas_zone zone_id=”6984″]