Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

राजनीति
  • प्रदेशको सिमाना हेरफेर ने… Jan 5, 2017 Arthatantra
    काठमाडौ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रदेशको सिमाना हेरफेरको माग नेपालीको माग नभएको बताएका छन् । संविधान संशोधन प्रस्तावको विरोधमा भोलि पुस २२ गते एमालेसहित ९ दलले काठमाडौमा गर्ने जनप्रदर्शनका सन्दर्भमा प्रेस चौतारी नेपालले गरेको अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष ओलीले सरकारले स्वेच्छाचारी ढङ्गले सो प्रस्ताव ल्याएको आरोप लगाए । “संविधान संशोधन प्रस्ताव राष्ट्रिय हितमा छैन । अन्यत्रका केही प्रायोेजित माग ...
  • राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवाली बर्… Jan 5, 2017 Arthatantra
    काठमाडौ । पुननिर्माणको गति सुस्त भएको दोष राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीमाथि थोपर्दै सरकारले बिहीबार (आज) उनलाई बर्खास्त गरेको छ । काम सन्तोषजनक नभएको आरोप लगाउँदै बिहीबार बसेको मन्त्रीपरिषको बैठकले ज्ञवालीलाई बर्खास्त गरेको हो । उनलाई तत्कालीन केपी ओली नेतृत्वको सरकारले ज्ञवालीलाई प्राधिकरण प्रमुखमा नियुक्त गरेको थियो । भूकम्पपछिको पुनःनिर्माणका काम द्रुत गतिमा सम्पादन गर्न नसकेको भन्दै बर्खास्त ...
  • म मधेशमा जन्मेको धर्ती पुत्रले भनेको नहुने, जस्को बाउ बाजेको अत्तो पत्… Jan 4, 2017 Arthatantra
    काठमाडौँ । नेकपा एमालेका नेता माधव नेपालले अहिलेको संविधान संशोधनको माग तराई–मधेशका जानताले नगरेको प्रष्ट पारेका छन् । प्रेस चौतारी नेपालको आयोजनामामा बागबजारमा आयोजित अन्तरकृया कार्यक्रममा नेता नेपालले भने हामी कतिपयमा अहिले एउटा बुझाइएको कमजोरी देखिन्छ–फलानो मान्छेले भन्यो भन्दैमा सिंगै मधेसको माग भनेर बुझ्ने गल्ती नगरौं । उनले मधेशवादी नेतालाई लक्षित गरेर प्रतिप्रश्न गरे म माधव नेपाल रौतहटमा जन्मिएको मधेशको ...
  • निर्वाचनको मिति घोषणा गर्… Jan 4, 2017 Arthatantra
    काठमाडौ। प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन विधेयक र निर्वाचनसम्बन्धी कानुन व्यवस्थापिका–संसद्मा टेबुल गर्ने प्रक्रियासँगै केही दिनभित्रै सरकारले निर्वाचनको मिति घोषणा गर्ने बताएका छन् । संशोधन प्रस्तावसम्बन्धी सर्वोच्च अदालतको फैसलाले राजनीतिक दलहरुलाई सहमतिका लागि प्रेरित गरेको र प्रमुख प्रतिपक्षी दल तथा मधेसी मोर्चासमेत सहमतिका लागि सकारात्मक बनेकाले सबै एकताबद्ध भएर सहमतिमा जाने अवस्था आएको प्रधानमन्त्रीको भनाइ थियो । प्रधानमन्त्री निवास बालुवाटारमा रिपोर्टर्स ...
  • ट्रम्पको ट्वीटः उत्तर कोर… Jan 3, 2017 Arthatantra
    उत्तर कोरियाद्वारा अमेरिकी भूभागसम्म हान्न सकिने आणविक क्षेप्यास्त्र निर्माण गर्ने प्रविधि निर्माणको अन्तिम चरणमा पुगेको भनी दिएको उत्तर कोरियाली राष्ट्रपति किम जङ उनको प्रतिक्रियाप्रति अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले ‘यो सम्भव छैन’ भनी प्रतिक्रिया दिएको सोलले जनाएको छ । दक्षिण कोरियाले ट्रम्पको उक्त सन्देश उत्तरविरुद्धको प्रष्ट चेतावनी रहेको जनाएको छ । दक्षिण कोरियाले मङ्गलबार “अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले ‘यो सम्भव ...
  • अब युवाले विदेश जानु पर्दै… Jan 2, 2017 Arthatantra
    सिन्धुली । उद्योगमन्त्री नबिन्द्रराज जोशीले गाँउगाँउमा उद्यमी उत्पादन गर्न सरकार लागि परेको बताएका छन् । सिन्धुली महोत्सवको समापन गर्न सिन्धुली आएका मन्त्री जोशीले नेपाली काँग्रेसका नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै काँग्रेसले गाँउगाँउमा गएर उद्यमी उत्पादन गर्नलाई सघाउन अनुरोध गरे। कार्यक्रममा बोल्दै उनले भने, अबको १० बर्षभित्र कोहि युवा मजदुरीका लागि विदेश जान नपर्ने गरी सरकारले योजना बनाएको छ । काम कुनै ...
  • नेपालका दुई कम्युनिस्ट पा… Jan 1, 2017 Arthatantra
    काठमाडौ। नेकपा (माओवादी क्रान्तिकारी) र कम्युनिस्ट न्युक्लियस नेपालबीच आज एकता भएको छ । नेकपा (माओवादी क्रान्तिकारी)का अध्यक्ष मोहन वैद्य र कम्युनिस्ट न्युक्लियस नेपालका संयोजक भूपेन्द्र न्यौपानेले संयुक्त रुपमा पार्टी एकता भएको घोषणा गरेका हुन् । उक्त अवसरमा माओवादी क्रान्तिकारीका अध्यक्ष वैद्यले वैदेशिक हस्तक्षेपबाट मुलुकलाई जोगाउन र राष्ट्रियता बचाउन कम्युनिट शक्तिको एकताको खाँचो औँल्याउँदै मुलुकमा वैज्ञानिक समाजवाद स्थापना गर्न जनवादी क्रान्ति सम्पन्न ...
  • बैशाख १५ सम्ममा स्थानीय निकायको निर्वाचन भईसक्छ,सबै तयार रहनुस्ः गृहमन… Dec 31, 2016 Arthatantra
    गोरखा। उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधीले सरकारले जुनसुकै बेला स्थानीय निर्वाचनको मिति घोषणा गर्ने सङ्केत गर्दै निर्वाचनका लागि तयारी अवस्थामा रहन गोरखाका कार्यालय प्रमुखलाई निर्देशन दिएका छन् । गोरखाका कार्यालय प्रमुखसँग गरिएको अन्तक्र्रियामा गृहमन्त्री निधीले भने, “स्थानीय तह वा निकाय जेमा राजनीतिक दलहरुबीच सहमति हुन्छ त्यसैको निर्वाचन गर्नेगरी सरकारले मिति घोषणा गर्छ । आउँदो चैत मसान्तदेखि वैशाख दोस्रो साताभित्रमा स्थानीय ...
  • संबिधान संसोधन ‘प्रस्ताव … Dec 30, 2016 Arthatantra
    काभ्रे। नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावलले संविधान संशोधन प्रस्ताव संविधानको भावनाविपरीत भएको बताएका छन् । एमाले काभ्रेको जिल्लास्तरीय जनसङ्गठनहरुको अभिमुखीकरण भेलालाई बनेपामा सम्बोधन गर्दै नेता रावलले ‘प्रस्ताव प्रदेशसभाबाट बहुमतले पारित भए मात्र सङ्घीयसभामा दर्ता हुने संविधानमा स्पष्ट व्यवस्था भएकाले’  प्रस्ताव दर्ता  प्रक्रिया नै संविधान विपरीत भएको बताए । कार्यक्रममा एमाले स्कुल विभाग सदस्य गोकुल बाँस्कोटा, जिल्ला अध्यक्ष टोकबहादुर वाइवा, सचिव नारायण ...
  • नेपाल अन्तर्राष्ट्रिय रा… Dec 30, 2016 Arthatantra
    भक्तपुर । नेकपा एमालेका नेता महेश बस्नेतले देशलाई विखण्डनबाट जोगाउन राष्ट्रिय सहमति आवश्यक भएको बताएका छन् । हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौ वार्षिक साधारण सभामा उनले दलहरूबीच सहमति बिना कुनै पनि निर्णय गरेर अगाडि बढे देशका लागि घातक हुने बताए । नेता वस्नेतले संविधान संशोधन लगायतका विषयमा हाल दलहरुबीच जारी विवादलाई पनि सहमतिबाटै निकास निकालेर अगाडि बढ्नुपर्नेमा जोड ...

[aas_zone zone_id=”6984″]