Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

राजनीति
  • प्रचण्ड सरकारको पहिलो निर… Aug 5, 2016 Arthatantra
    काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा गठित मन्त्रिपरिषद् बैठकले बाढीपहिरोमा परी ज्यान गुमाउनेका परिवारलाई एक लाख रुपैयाँ राहत दिने पहिलो निर्णय गरेको छ । नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराका अनुसार बैठकले सहिद र बेपत्ताका परिवारलाई राहत दिने विगतका सरकारले गरेका निर्णय कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ । प्रधानमन्त्री दाहालले संविधानमा सर्वस्वीकार्यता बढाउँदै कार्यान्वयनको सुनिश्चिततालाई सरकारले प्राथमिकतामा राखेको ...
  • ओलीले जाँदाजाँदै भने- ‘म स… Aug 4, 2016 Arthatantra
    काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफू मरेको सपनाको मलामी नभएर, मुर्छित सपनालाई बिउँझाउने मान्छे भएको बताएका छन् । उनले भने, ‘म सपनाको मलामी होइन, मुर्छित सपनालाई बिउँझाउने मान्छे हुँ ।’ व्यवस्थापिका संसदले प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विजयी भएलगत्तै बालकोटस्थित निवास पुगेका ओलीले भने, ‘वर्षौं वर्ष नेपालमा मुर्छित भएको सपना मैले बिउँझाएको हो । मैले बिउँझाएको यो ...
  • प्रधानमन्त्री प्रचण्डको … Aug 4, 2016 Arthatantra
    काठमाण्डौं । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालले भारतसँग चिसिएको सम्बन्ध सुधार्न आफ्नो विदेश भ्रमण गर्ने सूचीमा भारतलाई पहिलो नम्बरमा राखेका छन्। सात वर्षपछि दोस्रो पटक नेपालको ३९ औँ प्रधानमन्त्रीमा निर्वाचित भएका ६१ वर्षीय दाहालले भारतलगत्तै चीन भ्रमण गरेर कूटनीतिक सन्तुलन कायम गराउने योजना बनाएका हुन्। यसअघि प्रधानमन्त्री हुँदा दाहालले पहिलो विदेश भ्रमण चीनबाट गरेका थिए। प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै दाहाललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ...
  • दाहाललाई मोदीको पहिलो बधा… Aug 3, 2016 Arthatantra
    काठमाडौँ | अन्ततः अनुमान र कौतुहलतालाई सहि सावित गर्दै नव निर्वाचित प्रधानमन्त्रीलाई भारत सरकारले पहिलो बधाई दिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका नव निर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई बधाई दिएका छन् । टेलिफोनबाट बधाई दिँदै मोदीले भारत भ्रमणको निम्तो समेत दिएका छन् । प्रधानमन्त्री निर्वाचित भएको आधा घण्टा नबित्दै मोदीले बाजी मारेका हुन् । यस अघि केपी ओली प्रधानमन्त्री ...
  • पुष्पकमल दाहाल प्रचण्ड ने… Aug 3, 2016 Arthatantra
    काठमाण्डौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मुलुकको ३९ औँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । उनले ३६३ मत पाएका थिए भने विपक्षमा २१० मत परेको थियो । दाहाल संसदको सवैभन्दा ठूलो दल नेपाली कांग्रेस लगायत १६ दलहरुको समर्थनमा दोस्रो पटक प्रधानमन्त्रीमा निर्वाचित भएका हुन्। संविधानको धारा २९८ को उपधारा ३ अनुसार संसदको मतदानबाट ३९ औँ प्रधानमन्त्रीमा निर्वाचित भएसँगै उनी दोस्रो ...
  • संसदमा प्रचण्डको प्रम ओलीलाई प्रश्न ‘कसरी कुन पैसा ल्याएर बनाउने… Aug 3, 2016 Arthatantra
    काठमाण्डौं । प्रधानमन्त्री बन्न लागेका माओवादी अध्यक्ष प्रचण्डले फास्ट ट्र्याक सरकारले नै बनाउने बताउँदै प्रश्न गरेका छन् ‘प्रधानमन्त्रीजी तपाईले के सोच्नु भएको छ रु कसरी कुन पैसा ल्याएर बनाउने रु स्रोत देखाइदिनुस् । तपाईले देखाएको स्रोत प्रयोग गरेर बनाउन तयार छु । मलाई सिधा, सरल र वुझिने भाषामा सम्झाइदिनस् ।’ संसदमा प्रधानमन्त्रीको उम्मेदवारी प्रस्तुत गर्दै प्रचण्डले ओलीले उठाएका प्रश्नहरुको जवाफ दिए ...
  • प्रधानमन्त्री ओलीले बुद्… Aug 3, 2016 Arthatantra
    काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओली झण्डै साढे ९ महिना बसेको सरकारी निवास बालुवाटार आज बुधबार बिहान छाडेका छन् । उनले प्रधानमन्त्री निवास परिसरमा बुद्धचित्तको विरुवा रोपेर बाहिरिएका हुन् । निवासबाट निस्कनु अघि उनले निवासका सुरक्षाकर्मी र कर्मचारीहरुलाई धन्यवाद दिएका थिए । २०७२ असोज २४ गते प्रधानमन्त्री भएका ओली त्यसको ५ दिनपछि भक्तपुरको बालकोटबाट बालुवाटार सरेका थिए । उनी बालुवाटारबाट नयाँ बानेश्वरस्थित ...
  • एमालेले भोलि हुने प्रम निर्वाचनमा उम्मेदवारी नदिने, जिम्मेवार प्रतिपक्… Aug 2, 2016 Arthatantra
    काठमाण्डौं । भोलि हुने प्रधानमन्त्रीको चुनावका लागि एमालेले प्रधानमन्त्रीको उम्मेदवारी नदिने निर्णय गरेकोछ । यस अघि सुवास नेम्वाङ लगायतका व्यक्तिको नाम चर्चामा आएको थियो । नेकपा एमालेका प्रचार बिभाग प्रमुख एवं सचिव  योगेश भट्टराईले सामाजिक संजाल मार्फत् यस्तो जानकारी दिएका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘एमाले स्थायी समितिको बैठकले जिम्मेवार प्रतिपक्षमा बस्ने ।बिपक्षमा मतदान गर्ने ।प्रममा उम्मेदवारि नदिने निर्णय गर्‍यो ...
  • सार्वजनिक जग्गा बाँड्दै म… Aug 2, 2016 Arthatantra
    काठमाण्डौं । सरकारको नेतृत्व गर्ने तयारी गरिरहेको माओवादी केन्द्रले गोरखामा कानुनविपरीत सार्वजनिक जग्गा व्यक्तिलाई बाँड्ने अभियान सुरु गरेको छ। हालै स्थानीय बासिन्दाको पहलमा व्यक्तिको कब्जाबाट मुक्त गराइएको गोरखा नगरपालिका-९ को दरौंदी बगरको करिब पाँच सय रोपनी जग्गा केन्द्रले फेरि व्यक्तिलाई बाँड्ने अभियान सुरु गरेको हो। माओवादी केन्द्रले संघर्ष समिति गठन गर्दै उक्त जग्गा किसानलाई खेती गर्न दिन दबाब दिएको हो। केन्द्रनिकट किसान ...
  • भोली देशले नयाँ प्रधानमन्… Aug 2, 2016 Arthatantra
    काठमाडौं । व्यवस्थापिका–संसद्को कुनै सदस्यले आफूलाई नेपालको संविधानको धारा २९८ को उपधारा ३ बमोजिम प्रधानमन्त्रीमा निर्वा्चित गरियोस् भनी मंगलबार बिहान ११ देखि अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ता गर्न पाउने गरी कार्यतालिका तोकिएको छ । उम्मेदवारले नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा उम्मेदवारीको सूचना दर्ता गराउनुपर्ने निर्वाचन समितिले जारी गरेको सूचनामा उल्लेख छ । एमालेले प्रधानमन्त्री निर्वाचनमा संसदीय दलका उपनेता सुवास नेम्वाङलाई ...

[aas_zone zone_id=”6984″]