back
NMB ad

सहकारी मार्फत आर्थिक क्रान्ति : उप प्रधानमन्त्री रायमाझी

Kumari bank ad

काठमाडौं । उपप्रधान तथा उर्जा मन्त्री टोपबहादुर रायमाझीले सहकारीले कृषि, जलविद्युत, उद्योग र व्यापार व्यवसायमा लगानी गर्न सके मात्र आर्थिक क्रान्ति हुने बताएका छन् ।

हजार माइलको यात्रा गर्न एक पाइलबाट यात्रा शुरु हुने भन्दै मन्त्री रायमाझीले सहकारीबाटै मुलुक समृद्ध हुने बताए । जिल्ला सहकारी संघ काठमाडौंको १६ औं बार्षिक साधारणसभामा बोल्दै रायमाझीले दिगो, भरपर्दो र राष्ट्रनिर्माणका लागि सहकारी अपरिहार्य भएको बताए ।
सहकारी क्षेत्रजस्तै उर्जामा पनि समस्या रहेको उनको भनाई थियो । १ सय ५ वर्षमा ३ सय १० मेगावाट मात्र विद्युत उत्पादन हुनु विडम्बना रहेको बताए ।

उर्जा क्षेत्रको विकासका लागि तत्कालिन, मध्यकालिन र दिर्घकालिन रुपमा काम अघि बढाउन ‘मास्टर प्लान’ बनाएर अघि बढेको उनले बताए । ‘हाल १ सय ७ वटा विद्युत परियोजनाहरु सञ्चालनमा छन्’ उनले भने, ‘यि परियोजनामा देखिएको समस्या तत्काल समाधान गरी निमार्ण कार्यलाई द्रुत रुपमा अघि बढाउने काममा सरकार छ ।’ जतिसक्दो चाँडो लोडसेडिङ अन्त्य गर्नका लागि सरकार क्रियाशील भएको उनको भनाई थियो ।

कार्यक्रममा राष्ट्रिय सहकारी संघका अध्यक्ष केशवप्रसाद बडाल, राष्ट्रिय सहकारी बैंकका प्रबन्ध सञ्चालक केबी उप्रेती, डिभिजन सहकारी कार्यालय काठमाडौं प्रमुख नारायणप्रसाद अर्यालगायतले मन्तव्य राखेका थिए ।

२०७२ फागुन १४ / ५:३९

वि.सं.२०७२ फागुन १४ शुक्रवार १७:४१ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...