back
NMB Ad

३२ हजारबढी बालबालिकालाई अध्ययनमा सघाउँछिन् तेस्रो धनी महिला

फोब्र्स म्यागजिनका अनुसार उनी आफ्नो क्षमता र लगनशीलताको आधारमा बनेकी अमेरिकाकी तेस्रो धनी महिला हुन् । उनीसँग २ दशमलव ८ अर्ब सम्पत्ति रहेकोछ । विश्वकै धनीमा भने उनी २ सय २७औं स्थानमा पर्छिन् ।

सान फ्रान्सिस्कोमा जन्मिएकी डोरिस र उनका श्रीमान् डोनाल्ड दुबैजनाका परिवार एक अर्काका साथी थिए । उनीहरुका बुवाआमा दुबै एक अर्काको राम्रो साथी भएका कारण उनीहरु पनि बालककालदेखिकै राम्रो साथी बनेर हुर्किए । त्यही मित्रतालाई उनीहरुले सन् १९५३ मा विवाहमा परिणत गरे ।

डोरिस स्यानफोर्ड युनिभर्सिटीबाट अर्थशास्त्रको डिग्री गर्ने पहिलो महिला थिइन् भने डोनाल्ड पुराना होटलहरुलाई नयाँ प्रारुप दिने काम गर्दथे । यसरी होटलहरुसँग भएको चिनजानकै आधारमा एकदिन लिभाइज जिन्सको बिक्रेतालाई उनले भाडामा पसल खोल्नका लागि घर उपलब्ध गराइदिए ।

डोनाल्डले त्यो मानिससँग दुई जोर जिन्स पाइन्ट किने तर जब उनले घर गएर ती पाइन्ट लगाउन खोजे तब ती दुबै जोर उनलाई मिलेन । त्यसपछि त्यो पाइन्ट फिर्ता गर्न खोज्दा बिक्रेताले पनि मानेन । उनी अर्को पसलमा पाइन्ट किन्न गए तर आफूलाई फिट नभएपछि उनी र डोरिस मिलेर सान फ्रान्सिस्कोका सबै कपडा पसलहरुलमा आफ्नो लागि जिन्सको साइज खोजे । तर त्यो समयमा उनले आफूलाई फिट हुने जिन्स पाइन्ट नै भेट्टाउन सकेनन् ।

यसरी पूरै शहर खाली हात व्यर्थको घुमाईपछि श्रीमती डोरिस र उनका श्रीमान् डोनाल्डले एउटा विचार निकाले, एउटा पसल खोल्ने जहाँ सजिलै हरेक साइजका जिन्स पाइन्टहरु उपलब्ध हुन् । आफूले जस्तै अरुले पनि जिन्स पाइन्ट खोज्न हैरानी व्यहोर्नु नपरोस् भन्ने उपाय मात्र थियो त्यो तर यो निर्णयले उनीहरुको भाग्य नै बदलिदियो । पसलको नाम उनीहरुले जिन्स र संगीत राख्न खोजे तर त्यो त्यति राम्रो सुनिएन ।

त्यसपछि नाम जुराउने क्रममा डोरिसले नै भनिन् ग्याप, जेनेरेशन ग्यापलाई प्रतिनिधित्व गराउँदै उक्त नाम जुराइएको थियो । त्यही निर्णय स्वरुप उनीहरुले आफ्नो पहिलो पसलको नाम राखे ग्याप । सन् १९६९ मा उनीहरुले ओशन एभिन्यू सान फ्रान्सिस्कोमा जिन्स पसल खोलेर बजारको तरिकालाई नै परिवर्तन गरिदिए ।

खुद्रा व्यापार गर्ने कुनै पनि अनुभव बिना खोलिएको उक्त पसलमा उनीहरुले लिभाइजका जिन्सहरु बेच्ने काम गर्थे । व्यापार गर्ने अनुभव नभएकाले सामान पु¥याउन जाँदा र बिक्री गर्दा उनीहरुले थुप्रै हाँसोलाग्दो अनुभव पनि संगाले । तर पनि उनीहरुले हार खाएनन् र त्यसरी खोलिएको उनीहरुको पसल अहिले जिन्सको ब्राण्डको रुपमा चर्चित छ । उनीहरुले आजको दिनसम्म ३ हजार २ सयभन्दा बढी शाखाहरु खोलेका छन् ।

सन् २००९ मा डोनाल्डको निधन भइसकेको छ भने डोरिस अझै पनि व्यापार सम्हालिरहेकी छिन् । उनका तीन छोराहरु छन् जसले अहिले ग्यापलाई अझै माथि पु¥याउने काम गरिरहेका छन् । सन् १९७७ मा नै ग्याप फाउण्डेशनको स्थापना गरेका उनीहरुले त्यसबाट विभिन्न समाज सेवाका कामहरु पनि गरेका छन् ।

आफूहरुले व्यापारको केही थाहा नभए पनि अर्थशास्त्र विषयमा ज्ञान भएका कारणले नै आफूले हार नमानेको भन्दै डोरिसले शिक्षा नै शक्ति कार्यक्रम नामक प्रोजेक्ट पनि सुरुवात गरेकी छिन् । जसले हालसम्म ३२ हजारभन्दा बढी आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरुको अध्ययनमा सहयोग पु¥याएकोछ ।

प्रस्तुति: इरादा पहाडी, एजेन्सीको सहयोगमा

१४ फागुन २०७२, ७.००

वि.सं.२०७२ फागुन १४ शुक्रवार १८:२६ मा प्रकाशित

You can share this post!

इटहरीस्थित सेन्टर प्लाजामा आगलागी, उद्धारका लागि हेलिकोप्टर पठाइयो   

इटहरीस्थित सेन्टर प्लाजामा आगलागी, उद्धारका लागि हेलिकोप्टर पठाइयो   

वि.सं.२०८१ चैत १३ बुधवार १२:१६

इटहरी (सुनसरी) : इटहरी बजारको मुख्यचोकमा रहेको १० तले व्यावसायिक...

जब श्रीमानको अस्तु बोकेर पोखरा आउनुभयो लोरेटा…   

जब श्रीमानको अस्तु बोकेर पोखरा आउनुभयो लोरेटा…   

वि.सं.२०८१ चैत १३ बुधवार १२:०१

जमुना वर्षा शर्मा पोखरा, १३ चैतः अमेरिकन नागरिक ७२ वर्षीया...

सलिको इन्स्योरेन्स र सेती महाकाली ट्रक यातायात संघबीच बीमा सम्झौता

सलिको इन्स्योरेन्स र सेती महाकाली ट्रक यातायात संघबीच बीमा सम्झौता

वि.सं.२०८१ चैत १३ बुधवार ११:४९

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र सेती...

नेपालमा सामाजिक सञ्जाल दर्ता अनिवार्य : ३० दिनभित्र सूचीकरण नगरे प्रतिबन्ध लाग्न सक्ने

नेपालमा सामाजिक सञ्जाल दर्ता अनिवार्य : ३० दिनभित्र सूचीकरण नगरे प्रतिबन्ध लाग्न सक्ने

वि.सं.२०८१ चैत १३ बुधवार ११:३९

काठमाडौं । नेपाल सरकारले सामाजिक सञ्जाल नियमनलाई थप प्रभावकारी बनाउने...

नबिल बैंकको कामु सीईओमा मनोज कुमार ज्ञवाली

नबिल बैंकको कामु सीईओमा मनोज कुमार ज्ञवाली

वि.सं.२०८१ चैत १३ बुधवार १०:४८

काठमाडौं । नबिल बैंक लिमिटेड का प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

सुनको भाउमा सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ चैत १३ बुधवार १०:३८

काठमाडौं। साताको चौथो कारोबार दिन सुनको भाउ सामान्य बढेको छ...