back
NMB ad

प्रभु बैंकले शैक्षिक प्रमाणपत्रका आधारमा ऋण दिने !

Kumari bank ad

काठमाण्डौं । विभिन्न नयाँ नयाँ स्किमहरु ल्याएर सर्वसाधारणको मन जित्न सफल प्रभु बैंकले पुनः अर्को नयाँ स्किम ल्याएको छ । उच्च शिक्षा हासिल गर्नको लागि विदेश जान चाहने नेपाली विद्यार्थीहरुलाई आवश्यक पर्ने सम्पूर्ण बैंकिङ्ग सेवा आफ्ना सबै शाखा कार्यालयहरुबाट प्राथमिकताका साथ उपलब्ध गराउँदै आएको बैंकले अब स्वदेशमै उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीका लागि शैक्षिक कर्जा स्किम सञ्चालनमा ल्याएको छ ।

काठमाण्डौ ईञ्जिनियरिङ्ग कलेजमा स्नातक अध्ययन गर्ने विद्यार्थीलाई प्रभु बैंकले शैक्षिक कर्जा उपलब्ध गराउने भएको छ । कर्जा दिने सम्बन्धी विषयमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र काठमाण्डौ ईञ्जिनियरिङ्ग कलेजका प्रबन्ध निर्देशक राजेन्द्र शाक्यविच सम्झौता भएको छ । बैंक र कलेजवीच भएको शैक्षिक कर्जा सम्बन्धि सम्झौतामा काठमाण्डौ ईञ्जिनियरिङ्ग कलेजमा ईञ्जिनियरिङ्ग संकाय अन्तर्गत स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीले बैंकबाट अधिकतम तीन लाख रुपैयाँसम्मको शैक्षिक कर्जा प्राप्त गर्न पाउने भएका छन् ।

यो स्कीम अन्तर्गत कर्जा लिन विद्यार्थीले आफ्ना एसएलसी देखिका सबै सक्कल शैक्षिक प्रमाण पत्र बैंकमा बुझाउनु पर्नेछ ।  शैक्षिक प्रमाण पत्रको आधारमा उपलब्ध गराईने शैक्षिक कर्जा बैंकले उपलब्ध गराएको भुक्तानी तालिका अनुसार चार वर्ष भित्र भुक्तान गर्न सक्नेछन् ।

प्रकाशितः २०७३ भदौ ७

वि.सं.२०७३ भदौ ७ मंगलवार ११:०१ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...