back
NMB ad

इन्धन गाडी विस्थापन गर्न चीनको प्रस्ताव

Kumari bank ad

काठमाडौं । भारतले गरेको नाकाबन्दीको विकल्प खोज्दै चिन पुगेको नेपाली टोलिसामु इन्धन गाडी विस्थापन गर्न चिनले नयाँ प्रस्ताव गरेको छ।

इन्धनको कुनै दुःख नभएका अमेरिका र हङकङजस्ता सहर छिट्टै विद्युत्तीय सवारीसाधन पूर्णतः प्रयोग गर्ने चरणमा प्रवेश गर्दै छन् । हङकङपारिका पहिलो अत्याधुनिक चिनियाँ सहर सेञ्जेनलाई पनि अबको दुई वर्षभित्र धूँवामुक्त गराइँदै छ । तर काठमाडौं खाल्डो न व्यवस्थित सडक , न सवारी साधन र चालकमा अनुशासन, न त यहाँ इन्धन नै उत्पादन हुन्छ । जनआस्था साप्ताहिकमा खबरमा लेखिएको छ ६ महिनाभित्र पूर्णतः ग्रिन सिटीमा परिणत गर्ने प्रस्तावमा चिनियाँ र प्रधानमन्त्रीबीच छलफल अघि बढेको छ । यस प्रस्तावमा एउटै पोसाक रहनेगरी ६ हजार चालकलाई विद्युत्तीय ट्याक्सी सित्तैमा उपलब्ध गराउने र २ हजारवटा विद्युत्तीय बस चलाउने पनि उल्लेख छ ।

electric_cars china 1हाल चलिरहेको ट्याक्सी वर्षौं पुराना हुन् र यिनले दैनिक हजार रुपैयाँ मालिकलाई बुझाउनुपर्ने नियम छ । तर, प्रस्तावित नयाँ आउने ट्याक्सीको हकमा भने मासिक १२ हजार बुझाए पुग्नेछ । जुन बिन्दुबाट यात्रुले ट्याक्सी प्रयोग गर्छ, सुरुमै ६० रुपैयाँ उठ्ने हुन्छ । हाल १ लिटर पेट्रोलले १० किलोमिटर गुड्दा यात्रुलाई ४ किलोमिटर पार गर्न कम्तीमा पनि डेढ सय रुपैयाँ तिर्नुपर्ने बाध्यता छ । अब ६० रुपैयाँका दूरी कटेपछि प्रतिकिमी २ रुपैयाँका दरले यात्रा गर्न पाइने प्रस्तावमा उल्लेख गरिएको छ।

electric_cars china 2

वि.सं.२०७२ मंसिर १६ बुधवार १८:०२ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...