back
NMB ad

फेसबुकबाट काउली र खसीबाेका बेच्छन् टिकाेटका बासिन्दा

Kumari bank ad
बाबियाचौर (म्याग्दी)– जिल्लाको ग्रामीण क्षेत्र टिकोटका बासिन्दाले इन्टरनेट फेसबुकलगायत सामाजिक सञ्जालको सहायताले कृषि उपजको बजारीकरण गर्न थालेका छन्।
टिकोटका किसानले सामाजिक सञ्जाल फेसबुकमा आफूकहाँ उत्पादित कृषि उपजको बारेमा पोस्ट गरेपछि बजारका व्यापारीले सोही माध्यमबाट सम्पर्क र मोलमोलाई गर्न थालेका छन्। ताररहित प्रविधिको इन्टरनेट सुविधा उपलब्ध यहाँका किसान घरमै बसेर आलु, बन्दागोभी, काउली, गोलभेँडा, खसीबोका र खरायोको बजारीकरण गरिरहेका छन्।

‘फेसबुकमा आफूसँग भएको उपजको तस्बिर र मात्रा उल्लेख गरेर पोष्ट गरेपछि पोखरा र बेनीका व्यापारीले माग गर्छन्,’ स्थानीय किसान डिलमाया अर्मजाले भने, ‘फेसबुकबाट प्रचार र फोनबाट मोलमोलाई गरेर गाडी र ट्याक्टरमा सामान बजारमा पठाउँछौ।’

इन्टरनेटको सहायताले टिकोटमा रहेको सामुदायिक उपचार केन्द्रमा टेलिमेडिसिन सेवा समेत सञ्चालनमा ल्याइएको छ। प्रत्येक बिहान ८ देखि ९ बजेसम्म मोडल अस्पताल काठमाडौँका चिकित्सकले टेलिमेडिसिनमार्फत स्थानीयलाई स्वास्थ्य सेवा प्रदान गरेका छन्।

हिस्तान गाविस– ४, ५ र ६ मा पर्ने २०० घरधुरीको बसोवास रहेको टिकोटमा रासायनिक मल र बिषादीको प्रयोग नगरिकनै आलु, साग, बन्दागोभी र काउलीखेती गरिन्छ। यसैगरी घरघरमा स्थानीय जातका बाख्रा र खरायो पनि पालेका छन्। यहाँबाट वार्षिक रु. दुई करोड बराबरको कृषि उपज बेनी र पोखरा निकासी हुन्छ। हातहातमा मोबाइल र घरघरमा निःशुल्क वाइफाई इन्टरनेट सेवा उपलब्ध भएपछि डोकोमा सामान बोकेर बजारका पसल/पसल डुलाउँदै हिँड्नुपर्ने समस्याबाट कृषकले मुक्ति पाएका स्थानीय टिकोट माविका प्रधानाध्यापक प्रदीप पुनको भनाइ छ।

‘सूचना प्रविधिले यहाँका बासिन्दामा अद्भूत परिवर्तन ल्याएको छ,’ उनले भने, ‘कृषि उपज बजारीकरण मात्र होइन देश विदेशमा रहेका आफन्तसँग फेसबुक, भाइबर, स्काइपको माध्यमबाट सूचना, सन्देश आदानप्रदान समेत गर्छन्।’ इन्टरनेटको सहायताले टिकोटमा रहेको सामुदायिक उपचार केन्द्रमा टेलिमेडिसिन सेवा समेत सञ्चालनमा ल्याइएको छ। प्रत्येक बिहान ८ देखि ९ बजेसम्म मोडल अस्पताल काठमाडौँका चिकित्सकले टेलिमेडिसिनमार्फत स्थानीयलाई स्वास्थ्य सेवा प्रदान गरेका छन्।

यसैगरी अन्नपूर्ण धौलागिरि सामुदायिक पर्यावरणीय पदमार्गको भ्रमणमा आउने पर्यटक पनि पृष्ठभूमिमा देखिने हिमालको दृष्यमा रमाउँदै इन्टरनेट चलाउन पाउँदा दङ्ग परेका छन् । टिकोटमा सामाजिक कार्यकर्ता महावीर पुनको प्राविधिक सहयोगमा ताररहित इन्टरनेट सेवा विस्तार गरिएको हो। रासस

वि.सं.२०७२ पुस २० सोमवार १५:१८ मा प्रकाशित

You can share this post!

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४५

काठमाडौँ : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको...

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४१

काठमाडौँ : सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)...

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३६

काठमाडौँ : सरकारले सहकारी क्षेत्रमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी...

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३०

 भक्तपुर, १३ वैशाख : कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ...

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:२२

काठमाडौँ, १४ वैशाख :हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:१९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...