back
NMB ad

के भनिएको छ आचार्य समुहको २४ बुँदे प्रतिबद्धतामा ?

Kumari bank ad

व्यावसायीक समूहको प्रतिनिधित्वगर्दै प्यानल सार्वजनिक गरेको मधुसुदनआचार्य समूहले २४ बुँदे प्रतिबद्धता मतदातासामु प्रस्तुत गरेको छ । हेरौँ प्रतिबद्धतामा के लेखिएको छ !
१. सम्पर्ण ट्राभलरटूर व्यवसायिहरुको हकहितकालागीवि.स. २०२२ मा स्थापित नाट्टा यो क्षेत्रको पहिलो संस्थाहुनाले यसलाई सम्पर्ण व्यवसायिहरुको एक मात्र छाता संगठनका रुपमा स्थापित र विकास गरि सम्पर्ण व्यवसायिहरुको हकहितकालागी समर्पित रहने ।
२. IATA/BSP/DGS देखिएका समस्याहरु सरलिकृत गरि आवश्यकभएमाहालकायम रहेको Payment Cycle परिमार्जित गर्नका साथै सम्पर्ण व्यवसायिहरुको हकहितको संरक्षण हने ढंगले लागुगर्न पहलगर्ने ।
३. विगतमा नाट्टाको अगुवाईमाप्रारम्भ गरिएको NATTA Travel Mart लाई निरन्तरतादिन Himalayan Travel Mart आयोजनागर्न नेपाल सरकार र नेपालपर्यटन बोर्डसँग समन्वयगरि आवश्यक प्रक्रिया तत्काल प्रारम्भ गर्ने । यस MART  SAARC स्थरिय पर्यटन मेलाबनाउने ।
४. विगतमा नाट्टाले सञ्चालनगर्दै आएको IATA/BSP Tranning लाई सिमित ब्यतित्वप्रभावमा पारि सदस्य कम्पनीहरुले जनशतिmविकासको अवसरवाट बन्चितहनुप¥यो । यस अवस्थालाई दृष्टिगत गरी प्रभावकारी रुपमा IAPA/BSP Tranning लाई निरन्तरतादिने । सूचनातथा सञ्चार प्रविधिमाआएको उच्चआधुनिकिकरण संगै ट्राभल एजेन्सीहरुलाई पनि Web Base Ticketing and Tour Promotion को प्रविधि बिकास एवम् विषेश तालिमको व्यवस्था गर्ने । समय समयमा Product Knowledge तथा Operation तथा  सम्बन्धीतालिमको आयोजनागर्ने ।
५. अन्तराष्ट्रिय बजार प्रबद्र्धनमा क्षेत्रियबजार भारत चिन, दक्षिण कोरिया र मलेसिया लगाएतका विभिन्न देशहरुमा विशेष प्रबद्र्धनात्मक कार्यक्रमहरुको संचालनका लागी नेपाल पर्यटन बोर्ड र नेपाल सरकारसँग सहकार्य गरि विशेष कार्यक्रमहरु सञ्चालनगर्ने ।
६. पर्यटन क्षेत्रमाकार्यरत व्यवसायिक संघ संस्थाहरु तथाअन्य सम्बन्धित निकायहरुसँग सहकार्य गरि पर्यटन मैत्रिनिति निर्माणका लागि नेपाल सरकारसँग संयक्तरुपमापहलगर्ने । विगतमागरिएको कार्यलाई निरन्तरतादिईनेछ ।
७. सीमा क्षेत्रमापर्यटन आगमनमा रहेका समस्याहरु समाधानगर्नका साथै पर्यटकहरुको सहजआवागमनको लागी सम्बन्धित निकायसँग समन्वयगरि कार्य गर्ने । विदेशी टूर अपरेटरहरुले नेपाल भ्रमण गराउँदाहने गरेका भ्रामक तथा आपत्तिजनक क्रियाकलापहरुलाई यथाशिघ्र रोक्नपहलगर्ने ।
८. व्यवसाय प्रबद्र्धनकालागी सबै व्यवसायीहरुलाई सहुलियत दरमाविभिन्नविदेशी ट्राभल मार्टमाभागलिनको लागीसम्बन्धित सेवाप्रदायकहरुसँग विषेश पहलगर्ने । अनाधिकृत रुपमाविदेशी कम्पनीहरुबाट नेपालमा सञ्चालनभईरहेको पर्यटकिय गतिविधि रोक्न कडाईका साथआवश्यकपहलगर्ने ।
९. होटल एशोसिएसनसँग समन्वय गरी स्वदेशीएजेन्सीहरुलाई प्राथमिकताका साथप्रतिस्पर्धि दरररेट निश्चितगरि लागु गराउने ।
१०. आन्तरिक र बाह्यपर्यटन गन्तव्यहरु प्हिचान गरी प्रबद्र्धन गर्न सक्रियपहलगर्नका साथै अन्तराष्ट्रिय बजारहरुमा प्रबद्र्धन गर्ने व्यवस्थागर्ने ।
११. पर्यटकहरुलाई सेवाप्रदानगर्ने पर्यटक सवारी संचालनमा देखिएका समस्याहरुको यथाशक्य समाधानगर्न आवश्यकपहलगर्ने, विभिन्न क्षेत्रमा संचालितयातायात सिण्डिकेट खारेज गर्नुका साथै पर्यटकीय मौसममाअन्य सवारी साधनहरु संचालनगर्ने कानूनीव्यवस्थाको लागीपहलगर्ने । ऐतिहासिकतथा परातात्विक स्थलहरुमाबसपार्क र व्यवस्थितशौचालयको प्रबन्धमिलाउने । लुम्बिनी, पाथिभरा, स्वर्गद्वारी र वर्दियामातत्कालपर्यटक सार्वजनिक बस सेवा सञ्चालनगर्न पहलगर्ने ।
१२. नाट्टा क्षेत्रीय संघहरु (-Wastern Regional Association, Western Regional Association, Far- Western Association)  सँग सहकार्यमा नयाँगन्तव्य विस्तार एवंम् प्रवद्र्धन कार्यमा तिब्रता दिने । साथै नेपालको संविधान(२०७२ अनरुप संस्थालाई संघीय ढाँचामा पुनःसंरचना र व्यवस्थितगर्ने।
१३. ‘बन्द सदाकालागीबन्द”भन्ने नारालाई कार्यान्वयनगर्नको लागिप्रभाबकारी ढंगले पहलगर्ने ।
१४. त्रिभुवन अन्तराष्टिय विमानस्थलमा रहेका सेवा सुविधा र समस्याको निराकरणका लागी सम्बन्धित सबै निकायहरुसँग समन्वयगरि सशक्त रुपमापहलगर्ने ।
१५. Budget Airlines बाट सिर्जित एकाधिकार अनिश्चित आर्थिक जोखिम र प्रतिकुल परिस्थितिमा सदस्य कम्पनीहरुले व्यहोर्नुपरेको क्षतिबाट उनिहरुलाई संरक्षण गर्न पहलगर्ने । हवाई भाडा दर निर्धारण र कार्यान्वयनमा रहेको अव्यवस्थालाई हटाउन एयर मोनिटरिङ काउन्सिल गठन गरि बिधमान समस्यालाई हटाउन क्रियाशील रहने ।
१६. आन्तरिक पर्यटकिय हवाई गन्तव्यहरुमानिरन्तर रुपमा परिरहेको समस्याएवंम् एकाधिकार हवाई भाडा दर जस्ता विषयहरुमा अनगमनकालागी सरकारी निकायको समन्वयमाअत्यावश्यक संयन्त्रनिर्माण गरि कडाईको साथलागगर्न पहलगर्ने।
१७. यातायातविभागपर्यटक सवारी साधन (हरियो प्लेट) को सवारी दर्ता गर्न व्यवस्थाको लागीपर्यटन विभाग र यातायातव्यवस्थाविभागबिच समन्वयगर्न ।
१८. पर्यटकिय गन्तव्यमा मुख्य भाषाहरुमा NATHAM सँग सहकार्य गरि Tourist Guide तालीम तथा Orientation को व्यवस्था गराउने ।
१९. पर्यटकको विश्वव्यापी सर्वमान्य सिद्धान्त १५+१ लाई आझै पनि केही संघ –संस्थाहरुले मान्यतानदिई प्रवेश शुल्कअसुलगरिरहने को सन्दर्भमा हरेक १५ जनापर्यटकमा १ जना टूर लिडर निशुःल्क गराउनपहलगर्ने । भारत हदै लुम्बिनी भ्रमणमा आउने पर्यटकहरुलाई कम्तिमा एक रात बस्नै पर्ने अनिवार्य व्यवस्थामिलाउनपहलगर्ने ।
२०. नेपाल केन्द्रित टुर प्याकेजको प्रबद्र्घनमाबिषेश प्रथमिकतादिदै नेपाल–चीन (तिब्बत) नेपाल, नेपाल–भुटान, नेपाल–भारत, जस्ता टूर प्याकेजको प्रबद्र्घन गर्ने तिब्बतबाट नेपालसिमानमापर्यटन आगमनको लागीविभिन्न बाटोहरु खोल्न पहलगर्ने
२१. कर भ्याट तथाअन्यकिसिमका सरकारी बक्यौताहरु संग सम्बन्धितव्यवसायीका समस्याहरुलाई सहज समाधानकालागी शसक्त रुपमा पहलगर्ने ।
२२. हालको नाकाबन्दी र अन्यकारणहरुले सिर्जित असहज अवस्थाबाट पर्यटन व्यवसायीहरुलाई सहजअवतरणका लागी सहुलियतब्याजतथाऋणको सहिजकरण गराउनाकालागी नेपाल राष्ट्रबैंक तथावित्तिय संस्थाहरुसंग समन्वयकारी भूमिकानिर्वाह गर्ने ।
२३. “नाट्टा हेल्प फण्ड स्थान”स्थापना गरी बिभिन्न रुपमा समस्या अप्ठ्यरोमा परेका ब्यावसायीहरुलाई सहयोग पु¥याउने ।
२४ पोखरामा क्षेत्रिय अन्तराष्ट्रिय बिमानस्थल निर्माणको कार्यलाई तिब्रतादिनपहलगर्न साथै राजधानी र सिमा क्षेत्रबाट पोखरा जोड्ने राजमार्गहरुको सर्वेक्षणको लागीपहलगर्ने ।

वि.सं.२०७२ माघ ३ आइतवार ०३:५२ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...