back
NMB ad

विश्वको तुलनामा नेपालमा इन्धन महंगो

Kumari bank ad

काठमाण्डौं । मुलुकमा पेट्रोलियम पदार्थ बिक्री वितरणको एकाधिकार पाएको सरकारी निकाय नेपाल आयल निगमले छिमेकीसहित अन्य देशको तुलनामा पाँच गुणा बढी मूल्य राखेर हवाई इन्धन बेचिरहेको छ। भारतमा प्रतिकिलोलिटर (१ हजार लिटर) को ३४ हजार ४ सय २२ रुपैयाँमात्र पर्ने हवाई इन्धन आयल निगमले भने १ लाख ६६ हजार ७ सय ७० रुपैयाँमा बिक्री गरिरहेको छ।

भारतमा पनि सबै कर जोडेपछि उक्त मूल्य तोकिएको हो भने निगमले यहाँ पनि कर जोडेपछिको मूल्य हो। त्यसमाथि आयल निगमले बिक्री वितरण गर्ने इन्धनको गुणस्तरमा सधैं प्रश्न उठ्ने गरेको छ।

आयल निगमले सधैं घाटा पूर्ति गर्ने भन्दै हवाई इन्धनसहित पेट्रोल, डिजेल, मट्टितेल लगायतमा अधिकतम नाफा खाँदै आएको छ भने हवाई इन्धनको भाउ अन्य देशको तुलनामा पाँच गुणा महँगोमा बिक्री गरी निगमले कीर्तिमान कायम गरेको हो।

निगमले ‘एयर टर्बाइन फ्युल’ (हवाई इन्धन)को भाउ उच्च बनाउँदाको प्रत्यक्ष सिकार राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम, आन्तरिक उडान गरिरहेका वायुसेवा कम्पनीसहित यहाँ उडान गरिरहेका करिब साढे दुई दर्जन अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीमाथि परेको छ। वायुसेवा कम्पनीलाई इन्धन महँगो पर्नु भनेको अन्तिममा गएर त्यसको भार हवाई यात्रुमाथि पर्नु हो। यसले गर्दा हवाई टिकट महँगो हुने गर्छ।

पेट्रोलियम पदार्थ आयात तथा बिक्रीवितरण गर्न पाउने एकलौटी अधिकार दुरुपयोग गर्दै निगमले पाँच गुणासम्म महँगो भाउ बनाएपछि यहाँ आइरहेका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरू जसले ठूला आकार ९वाइड बडी० जहाज ल्याउँछन्, तिनले सकेसम्म आफ्नै देशमा टं्याकीभरि तेल ल्याउने र नसके यहाँ आएपछि कम परिमाणमा मात्र भर्ने गरिरहेका छन्।

नेपाल वायुसेवासहित यहाँ उडान गरिरहेका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका अनुसार हाल आयल निगमले एक किलोलिटर ९प्रति १ हजार लिटर० को मूल्य १ हजार ५ सय ३० अमेरिकी डलर ९१ लाख ६६ हजार ७ सय ७० रुपैयाँ० लिइरहेको छ। यो भनेको प्रतिलिटर १.५३ डलर (१ सय ६६ रुपैयाँ ७७ पैसा) हो।

भारतले नाकाबन्दी लगाउनुअघि निगमले एक किलोलिटरको १ हजार ३ सय ५० डलर ९१ लाख ४७ हजार ३ सय ५० रुपैयाँ० थियो। यो भनेको प्रतिलिटर १.३५ डलर (१ सय ४७ रुपैयाँ १५ पैसा) हो। यी सबै भाउ सम्पूर्ण करसहित हो।

तर, अचम्म के छ भने एक घन्टा हवाई दुरीमा रहेको भारत नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलोलिटर हवाई इन्धनको भाउ ३ सय ६३ दशमलव ७ डलर (३९ हजार ६ सय ४३ रुपैयाँ) मात्र पर्छ। यो भनेको प्रतिलिटर शून्य दशमलव ३ डलर (३९ रुपैयाँ ६४ पैसा) हो।

भारतकै मुम्बईमा प्रतिकिलोलिटर ३ सय ६१ दशमलव ७ डलर (३९ हजार ४ सय २५ रुपैयाँ ३ पैसा), बैंगलोरमा ३ सय १५ दशमलव ८ डलर (३४ हजार ४ सय २२ रुपैयाँ) र कोलकातामा ५ सय ५९ दशमलव ४ डलर (६० हजार ९ सय ७४ रुपैयाँ) मात्र पर्छ।

वायुसेवा निगमको नाफायोग्य सेक्टर ९हाइ यिल्ड० गन्तव्य मलेसियाको क्वालालम्पुरमा त झन् सबैभन्दा सस्तोमा हवाई इन्धन किन्न पाइन्छ। त्यहाँ प्रतिकिलोलिटर ३ सय ४ दशमलव ३ डलर ९३३ हजार १ सय ६८ रुपैयाँ० मात्र पर्छ।

त्यसैगरी निगम जाने थाइल्यान्डको बैंककमा प्रतिकिलोलिटर ३ सय १३ दशमलव ५ डलर (३४ हजार १ सय ७१ रुपैयाँ), हङकङमा ३ सय ३० दशमलव १ डलर (३५ हजार ९ सय ८० रुपैयाँ) र कतारको दोहामा ३ सय ४० दशमलव ८ डलर (३७ हजार १ सय ४७ रुपैयाँ) मात्र पर्छ।

‘नेपाल आउने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले त उतैबाट इन्धन बोकेर आउलान् तर हाम्रो आधार विमानस्थल यहिँ छ, अनि आयल निगमसँग खरिद गर्नुको विकल्प छैन,’ नेपाल वायुसेवा निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले आइतबार भने, ‘यसरी पाँच–पाँच गुणा चर्को मूल्यमा इन्धन किनेर जहाज उडाउनु परेपछि अरू कम्पनीसँग कसरी प्रतिस्पर्धा गर्न सकिन्छर .’

वायुसेवा कम्पनीहरूका अनुसार एक उडान गर्दा जति आम्दानी हुन्छ, त्यसको एक तिहाइ हिस्सा हवाई इन्धनमा खर्च हुने गर्छ। ‘हामीलाई त काठमाडौंबाट उड्दाखेरि नै भरिट्यांकी तेल चाहिन्छ, त्यो आयल निगमसँग किन्नैपर्छ,’ शर्माले भने, ‘अनि पानीजस्तो सस्तोमा तेल पाउने देशबाट आउने वायुसेवासँग हामीले प्रतिस्पर्धा गर्नुपरिरहेको छ। यसलाई विडम्बना नै मान्नुपर्छ। सरकारले यसमा ध्यान दिनु आवश्यक छ।’

खाडी मुलुक ओमानबाट नेपाल आइरहेको ओमान एयर र हङकङबाट आइरहेको ड्रागन एयरको नेपाल व्यवस्थापन हेरिरहेको अमरावती ट्राभल्सका प्रमुख कार्यकारी अधिकृत जुगेश श्रेष्ठले अन्य देशका दाँजोमा हवाई इन्धन नेपालमा महँगो हुँदा त्यसको प्रत्यक्ष मार यात्रुमाथि परेको बताए।

‘त्यसमाथि हवाई इन्धन महँगो हुनु भनेको अन्तिममा हवाई भाडा महँगो हुन नै हो,’ उनले भने, ‘इन्धन सस्तो भयो भने भाडा पनि सस्तो बनाउन सकिन्छ। फेरि नेपालमा हवाई इन्धन महँगो हुँदा त्यसको असर यहाँ घुम्न आउने पर्यटकमा समेत पर्छ।’ उनका अनुसार ओमान र ड्रागनले काठमाडौंबाट केही परसम्म पुग्ने इन्धन लिएर आउँछन्। यहाँबाट उडेपछि ओमानले भारतको लखनऊ र ड्रागनले बंगलादेशको ढाका र थाइल्यान्डको बंंैककमा ‘प्राविधिक अवतरण’ गरी पुनः इन्धन भर्दै आएका छन्। ‘यसो गर्दा हामीलाई पनि फाइदै छ, सस्तोमा इन्धन पाइन्छ,’ श्रेष्ठले भने।

यता आयल निगमले भने वायुसेवा कम्पनीहरू कसैले पनि आफूसँगै हवाई इन्धन खरिद गर्नुपर्ने बाध्यकारी नियम नरहेको बताएको छ। ‘हामीसँगै हवाई इन्धन किन किन्नुपर्योनरु जहाँ सस्तो छ र पायक पर्छ, उतै किने भइहाल्छ नि,’ निगमका प्रवक्ता दीपक बरालले भने, ‘नेपाल वायुसेवा निगमले पनि दिल्लीमा सस्तो छ भने उतै गएर टन्न भरेर ल्याए हुन्छ।’

उनका अनुसार निगमको हालको ऋण १२ अर्ब रुपैयाँ छ। अन्य पेट्रोलियम पदार्थको घाटा पूर्ति गर्न र ऋण घटाउँदै लान हवाई इन्धनको भाउ उच्च बनाइएको बरालले बताए। त्यसमाथि नाकाबन्दीका बेला निजी कम्पनी पेट्रोलिम्याक्स र नेपाल वायुसेवा निगमका जहाजबाट ल्याइएको हवाई इन्धन महँगो भएका कारण अहिले बढी भाउ देखिएको उनको दाबी छ। तर बरालले जे दाबी गरे पनि नाकाबन्दीभन्दा अघि हवाई इन्धनको भाउ अहिलेभन्दा १ सय ८० डलरमात्र सस्तो (१ हजार ३ सय ५० डलर प्रतिकिलोलिटर) थियो।

‘पेट्रोलिम्याक्स र वायुसेवा निगमसँग लिएको इन्धन सकिनासाथ भाउ केही कम हुन्छ,’ बरालले भने, ‘तर, छिमेकी भारत र अन्य देशको जति सस्तो चाहिँ कहिल्यै पनि हुँदैन।’

प्रकाशित: नागरिक, ३ फागुन, २०७२/ ७.००

वि.सं.२०७२ फागुन ३ सोमवार ११:०४ मा प्रकाशित

You can share this post!

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:२५

क्यानबेरा, १४ वैशाख : विश्वव्यापी रूपमा वातावरणमा पाइने ब्रान्डेड प्लास्टिक...

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:०९

मलेखु (धादिङ), १४ वैशाख : धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ रानीपौवा माध्यमिक...

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सातजना पक्राउ   

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सातजना पक्राउ   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:०१

काठमाडौँ, १४ वैशाख : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...

अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:५५

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तको उपस्थितिमा नेपाल र चीनबीच...

प्रधानमन्त्रीसँग चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट   

प्रधानमन्त्रीसँग चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:४८

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना...

भरतपुर भ्रमण वर्षः होटलमा २५ प्रतिशतसम्म छुट   

भरतपुर भ्रमण वर्षः होटलमा २५ प्रतिशतसम्म छुट   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:४१

भरतपुर (चितवन), १४ वैशाख : भरतपुर भ्रमण वर्ष २०२४ को...