Logo

कोइरालाको अस्तु पचहत्तरै जिल्लाका पवित्र नदीहरुमा विसर्जित

काठमाण्डौं । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सभापति स्व. सुशील कोइरालाको आज १३ औं दिनको पुण्यतिथिमा उनको अस्तुलाई काभ्रेको पनौतीस्थित पवित्र त्रिवेणी घाटमा विसर्जन गरिएको छ ।

पनौतीमा कांग्रेस नेता बालकृष्ण नवनिर्वाचित जिल्ला सभापति मधु आचार्य लगायतले उनको अस्तु विसर्जन गरेका थिए ।

पार्टीले नेपालको ७५ जिल्लाकै पवित्र नदीहरुमा स्व। कोइरालाको अस्तु विसर्जन गर्ने निर्णय गरेको छ । सो अनुसारै विभिन्न जिल्लाका नेता तथा कार्यकर्ताहरुले उनको अस्तुलाई बोकेर जिल्लामा रहेका पवित्र नदीमा विसर्जन गरि रहेका छन् ।

९ फागुन २०७२, ९.००

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com