Logo

सेयरको निर्देशन अब लागु हुन्छ : धितोपत्र बोर्ड

काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले आज एक प्रेस विज्ञप्ति जारी गर्दै केही दिनदेखि सेयर आवेदनका लागि एउटै चेकबाट भरिएको दुई तीन वटा सेयर खारेज हुने भन्ने लगायतका अन्योलतालाई चिर्दै शेयर निष्काशनका दौरान एकभन्दा बढी आवेदनमा एउटा चेक प्रयोग गर्न नपाउने, शेयर नपरेको पैसा बैंक खातामा जम्मा गराउनुपर्ने लगायतका विषयहरु अब आउने शेयरमा मात्र लागू हुने स्पष्ट गरेकोछ ।

विज्ञप्तीमा बोर्डले निष्काशन बन्द भैसकेका शेयर निष्काशन प्रकृयामा उक्त निर्देशन लागू नहुने बताएको हो । यस अघि बोर्डले जारी गरेको निर्देशनमा कहिलेदेखि उक्त कुरा लागु हुने हो भन्ने कुरा प्रष्ट पारेको थिएन । जसका कारण लगानीकर्ता अन्योलमा परेका थिए ।

विज्ञप्तिबाट शेयर निष्काशनका दौरान धेरै आवेदनमा एउटै चेक प्रयोग गर्नेको आवेदन रद्ध हुने पक्का भएकोछ । यसका साथै, इन्भेष्टमेण्टको शेयर खरिद गरिसकेको हकमा बोर्डको निर्देशन लागु नहुने पनि प्रष्ट भएकोछ ।

२३ फागुन २०७२, १.००

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com