back
NMB ad

फेरि रोकियो मेलम्ची खानेपानीको काम

Kumari bank ad

काठमाडौँ । मेलम्ची खानेपानीको सुरुङ निर्माणमा काम गरिरहेका कामदारलाई निकाल्न खोजिएपछि काम रोकिएको छ ।

सुन्दरीजलमा काम गरेका टेकबहादुर खड्कालाई आज बिहान कामबाट निकाल्न खोजेपछि त्यहाँ काम गरेका करिब ५० कामदार आन्दोलनमा उत्रेका हुन् । कम्पनीले चोटपटक लाग्दा थोरै बिदा दिने, कामदारको उपचारमा कम्पनीले बेवास्ता गर्ने, धेरै समय काममा लगाउने गरेको गुनासो समेत पोखे । सुरुङ निर्माणको काम सिएमसी कम्पनीले लिएको छ ।

स्थानीय कामदार लक्ष्मण श्रेष्ठले कम्पनीले आफ्ना मान्छेलाई काममा लगाउनका लागि आफूहरुलाई निकाल्न लागेको आरोप लगाए ।

कम्पनीका प्रबन्धक सूर्य शाहले कामदारलाई तलब बढाइदिएकाले तिनले काममा अवरोध गर्न नहुने बताउँदै कम्पनीको आन्तरिक विषय वार्ता र छलफलबाट टुङ्ग्याइने जानकारी दिए । रासस

७ चैत २०७२, १२.००

वि.सं.२०७२ चैत ७ आइतवार ११:५८ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...