Logo

क्रिकेट हेर्न प्रधानमन्त्री त्रिवि क्रिकेट मैदानमा

काठमाण्डौं । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नामिवियाविरुद्धको नेपालको दोस्रो खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि क्रिकेट मैदान पुगेका छन्।

पहिलो खेलमा अनुपस्थित भएका प्रधानमन्त्री ओली सोमबार हुन लागेको नामिवियाविरुद्धको दोस्रो खेल हेर्न कीर्तिपुरस्थित क्रिकेट मैदान पुगेका हुन्। उनी क्रिकेट मैदान पुगेर नेपाली टोलीका खेलाडीहरुसँग हात मिलाउँदै जितका लागि शुभकामना समेत दिए।

प्रधानमन्त्री ओलीसँगै गृहमन्त्री शक्तिबहादुर बस्नेत पनि त्रिवि क्रिकेट मैदान पुगेका छन्।

६ बैशाख २०७३, १०.००

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com