back
NMB ad

पल्सर मोटरबाइकको भाउ ह्वात्तै घट्यो, मात्रै १२ हजार मूल्य

Kumari bank ad

काठमाडौं । ५८ लटको पल्सर मोटरबाइकको वास्तविक मूल्य २ लाखभन्दा बढी छ । तर, त्यही मोटरबाइक राजधानीमा १०–१५ हजारमा पनि कारोबार हुने गरेको छ । बूढानीलकण्ठको एक वर्कसपबाट गोकर्णेश्वरका मञ्जिल तामाङले १८ हजार रुपैयाँमै ५८ लटको २४१६ नम्बरको मोटरबाइक खरिद गरे ।
वर्कसपका सञ्चालक रमेश मुखियाले ६ हजार नाफा लिएर मोटरबाइक तामाङलाई बिक्री गरेका थिए । उनले १२ हजार रुपैयाँमा मोटरबाइक आशिष कार्की र योगेश अधिकारीसँग खरिद गरेका थिए ।
यति सस्तोमा उनीहरूले बिक्री गर्न कहाँ किने मोटरबाइक रु ‘किनेका होइनन्, चोरी गरेका हुन्,’ महानगरीय प्रहरी वृत्त महाराजगन्जका डिएसपी विश्वमणि पोखरेलले भने, ‘त्रिवि शिक्षण अस्पतालको पार्किङबाट उनीहरूले मोटरबाइक चोरी गरेका थिए । चोरी गरेको मोटरबाइक भएकाले सस्तोमा बेचे ।’
कार्की र अधिकारी पक्राउ परेपछि दुवैले लामो समयदेखि मोटरबाइक चोरी गरी बिक्री गर्दै आएको पनि खुलेको छ । महाराजगन्ज वृत्तले उनीहरूसहित मोटरबाइक चोरी र बिक्रीमा संलग्न पाँचजनालाई पक्राउ गरेको छ ।
वर्कसप सञ्चालक वीरगन्ज घर भएका रमेश मुखिया, मोटरबाइक किन्ने गोकर्णेश्वरका मञ्जिल तामाङ र राजकुमार नेसुरलाई प्रहरीले पक्राउ गरेको छ । ‘हालसम्म उनीहरूले तीनवटा मोटरबाइक चोरी गरेको खुलेको छ,’ महाराजगन्ज वृत्तका डिएसपी पोखरेलले भने । महाराजगन्जमा दुईवटा र गौशलामा एउटा मोटरबाइक चोरी गरी उनीहरूले बिक्री गरेका थिए ।
वर्कसप सञ्चालकले चोरीका मोटरबाइक खरिद–बिक्री गर्दै आएको खुलेको छ । नक्कली नम्बर प्लेट राखेर तीन मोटरबाइक प्रयोग भइरहेका थिए । चोरीमा संलग्न कार्की गत वर्ष पनि मोटरबाइक चोरीकै आरोपमा पक्राउ परेका थिए । तर, त्यसवेला १६ वर्ष नपुगेकाले प्रहरीले मुद्दा नचलाई छलफल गराएर मिलापत्र गराएको थियो । छुटेपछि पनि उनी सुध्रिएनन् ।
हरेक महिना राजधानीमा करिब ५० वटा मोटरबाइक चोरी भएको उजुरी प्रहरीमा पर्ने पर्छ । सबैभन्दा धेरै महाराजगन्जको त्रिवि शिक्षण अस्पतालको पार्किङबाट मोटरबाइक चोरी हुने गरेको छ । अस्पतालको पार्किङ ठूलो भएको र सुरक्षा व्यवस्था कमजोर रहेकाले त्यहाँबाट चोरी हुने गरेको हो ।
ह्यान्डल भाँची तार जोडेर स्टार्ट गर्ने र मोटरबाइक लिएर फरार हुने गरेको अनुसन्धानमा खुलेको छ । ‘अस्पतालमा जाने मान्छे तनावमा हुने र आफ्नो सवारीतर्फ ध्यान नदिने गरेकाले चोरहरूले अस्पतालको पार्किङबाट धेरै चोर्ने गरेका हुन्,’ डिएसपी पोखरेलले भने, ‘प्रायस् पार्किङ गरेर अस्पतालभित्र छिर्नेबित्तिकै एउटाले सवारीधनीको पिछा गर्ने र अर्कोले चोरी गर्ने प्रवृत्ति देखिएको छ ।नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
प्रकाशितः २०७३ जेठ ४

वि.सं.२०७३ जेठ ४ मंगलवार ११:३८ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...