Logo

बैंकको ३ लाख ५० हजार कित्ता शेयर लिलामीमा बिक्री खुल्ला

 काठमाडौं। प्रभु बैंक लिमिटेडले हकप्रदमा नबिकेको ३ लाख ५० हजार कित्ता शेयर लिलामीमा बिक्री खुल्ला गरेको छ । ग्राण्ड बैंकसंग मर्जर गरि एकिकृत कारोबार सुरु गरेको प्रभुले संस्थापक तर्फको १ लाख ५७ हजार २ सय ७१ र सर्वसाधारण तर्फको १ लाख ८४ हजार ६ सय १४ कित्ता गरि कुल ३ लाख ४१ हजार ८ सय ८६ कित्ता शेयर लिलामीमा राखेको हो ।

बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक ग्रोमर मर्चेण्ट बैंकर रहेको छ । संस्थापक तथा साधारण शेयरका लागि प्रतिकित्ता न्युनतम बोलकबोल मुल्य १ सय रुपैंया तोकेको छ । इच्छुक आवेदकले प्रति आवेदन १ सय रुपैंयाका दरले फारम लिन सकिने बताइएको छ ।

बोलपत्र आवेदन जेठ ३२ देखि खुलेर असार १५ गते बन्द हुनेछ ।

प्रभुले लिलाम बन्द भए पछि लिलामीमा राखिएको संस्थापक शेयरको बाँडफाँड असार १६ गते बिहान ११ बजे तथा सर्वसाधारणको सोही दिन मध्यान्ह १ बजे प्रभु बैंकको कमलादी शाखामा खोलिने बैंकले जनाएको छ ।

प्रकाशितः २०७३ जेठ १६

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com