Logo

विकास बैंकले बाँड्न थाल्यो करिब १४ प्रतिशत सेयर !

काठमाण्डौं । इन्फ्रास्ट्क्चर डेभलपमेण्ट बैंकले सेयरधनीहरुलाई बोनस सेयर प्रमाणपत्र संकलन गर्न आग्रह गरेको छ । बैंकको गत पुष २९ गतेसम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको १३ दशमलव ७० प्रतिशत बोनस सेयर बैंकले बुधबारदेखि बितरण सुरु गरेको हो ।

बैंकको संस्थापक सेयरधनीहरुले बैंकको मुख्य कार्यालय घण्टाघरबाट बोनस शेयर संकलन गर्न सक्ने छन् भने सर्वसाधारणले दरबारमार्गस्थित ग्रोमर मर्चेण्ट बैंकर लिमिटेडको कार्यालयबाट संकलन गर्न सक्ने छन् । बिहीबारसम्म १० बजेदेखि ३ तथा शुक्रबार १० देखि साढे १ बजेसम्ममा सेयर प्रमाणपत्रको तथा परिचयपत्रको सक्कल तथा प्रतिलिपि लिएर बोनस संकलन गर्न आउन बैंकले सेयरधनीलाई आग्रह गरेको छ ।

डिम्याट खातामा सेयर भएकाहरुको हकमा भने बोनस शेयर सुचिकृत भए पछि डिम्याट खातामा नै सेयर जम्मा गरिने बैंकले जनाएको छ ।
२० जेठ २०७३, ११.३०

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com