back
NMB ad

तिहारमै मात्र आउँछ विदेशबाट १ अर्ब ५० करोडको झिलिमिली बत्ती !

Kumari bank ad

काठमाण्डौं । प्रकाश र रंगको पर्व तिहारमा झण्डै १ अर्ब ५० करोडभन्दा बढी मूल्य बराबरको झिलिमिली बत्तीको कारोबार हुने नेपाल इलेक्ट्रिक व्यवसायी महासंघले जनाएकोछ ।

अहिले तिहारका लागि बजारमा यस्ता बत्तीको कारोबार सुरु भइसकेको छ । इलेक्ट्रिक पसलदेखि विभिन्न खुद्रा पसलहरुमा समेत सिजनल ब्यापारका रुपमा यो बत्ती बेच्ने क्रम सुरु भएको छ । सडकपेटीमै पनि यो बत्ती बेच्नेहरु भेटिन्छन् ।

महासंघका अध्यक्ष तेजनारायण खरेलका अनुसार यसवर्ष तिहारका लागि झण्डै ७० करोड रुपैयाँ भन्दा बढीको बत्ती विदेशबाट आयात भएको छ । झण्डै डेढ सयभन्दा बढी होलसेलरहरुले तिहारका लागि यत्तिको बत्ती झिकाएका हुन् । ‘तिहारका लागि भारत र चीनबाट केही बत्ती नेपाल आयात गरिसकिएको छ भने केही आयात हुने क्रममा छन् । यस्ता बत्तीमध्ये ९० प्रतिशत चीनबाटै आयात हुने अध्यक्ष खरेलले बताए ।

न्युनतम प्रतिगोटा १ सयदेखि २०र२५ हजार रुपैयाँसम्म पर्ने बत्तीहरु तिहारका लागि आयात हुन्छ । प्रायः बल्ने/निभ्ने गुण हुने भएकाले यस्ता बत्तीमा उपभोक्ताले घर, बगैँचा, कार्यालय, बिजनेश मल लगायतको सजावट गर्न यसको अत्याधिक प्रयोग गर्छन् ।

५ कार्तिक २०७३, ११।००

वि.सं.२०७३ कात्तिक ५ शुक्रवार १२:३५ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...