back
NMB ad

अर्थतन्त्रका प्रधान सम्पादक कार्की ʽनाट्टा मिडिया अवार्ड २०१६ʼ द्वारा सम्मानित

Kumari bank ad

काठमाडौ । अर्थतन्त्र डटकमका प्रधान सम्पादक रामेश्वर कार्की नाट्टा अवार्ड –२०१६ बाट सम्मानित भएका छन् । शुक्रबार काठमाडौंमा नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) ले हरेक वर्ष पर्यटन क्षेत्रमा कलम चलाउने पत्रकारलाई प्रदान गर्ने पुरस्कार यस वर्ष अनलाईनतर्फ (अर्थतन्त्र डटकम) कार्कीलाई प्रदान गरिएको हो ।

Rameshwor karki natta media award1

नाट्टाको स्वर्ण जयन्ती तथा २१ औं सम्मेलनको अवसरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले नगद सहित अवार्ड हस्तान्तरण गरेका हुन् ।

Inagoration

सोही अवार्डबाट नागरिक दैनिकका पोखरा रिपोर्टर सन्तोष पोखरेल, एबिसी टेलिभिजन र अर्थ र व्यापारका नवीन काफ्ले पनि सम्मानित भएका छन् ।

Santosh Pokharel

Nabin Kafle Sarada Thapa

कार्यक्रममा नाट्टालाई सहयोग पुर्याउने विभिन्न व्यक्तित्व एवं पूर्व अध्यक्षहरुलाई पनि सम्मान गरिएको छ ।

Ambika Shrestha

Arjun Sharma२१ औं सम्मेलन एवं स्वर्ण जयन्ती समारोह काठमाडौं स्थित याक एण्ड यति होटेलमा चलिरहेको छ । कार्यक्रममा पूर्व पर्यटन मन्त्री एमाले नेता प्रदिप ज्ञवली, पर्यटन राज्यमन्त्री ईन्द्र बानिया, पर्यटन सचिव शंकरप्रसाद अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Natta

नाट्टा प्रथम उपाध्यक्ष एवं स्वर्ण जयन्ती समारोह संयोजक सिएन पाण्डेले अतिथि एवं सहभागी र सहयोग पुर्याउनेलाई धन्यवाद ज्ञापन गरेका थिए । नाट्टाका अध्यक्ष मधुसुदन आचार्यको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा पर्यटन क्षेत्रका संघ, संस्था, ४० भन्दा बढि विदेशी पर्यटनविज्ञ अतिथिहरुको  उपस्थिति रहेको थियो ।

ʽनेपालको पर्यटन राष्ट्रिय प्राथमिकताको उद्योगʼ भन्ने मूल नारा रहेको सम्मेलनमा उक्त विषयलाई केन्द्रित गर्दै विभिन्न कार्यपत्र प्रस्तुत भईरहेका छन् ।

IMG_3018

गोल्डेन जुब्ली र कन्भेन्सनले पारित गरेका एजेण्डालाई १० डिसेम्बर अर्थात् २५ गतेको साधारणसभाले अनुमोदन गर्नेछ । सन २०१८ को जनवरीको सुरुमा गोल्डेन जुब्लीको समापन समारोह गरिने नाट्टाले जनाएको छ ।

२४ मंसिर २०७३, १।००

वि.सं.२०७३ मंसिर २४ शुक्रवार १८:४६ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...