back
NMB ad

कतै तपाईले यी कम्पनीको सेयर भर्न छुटाउनु त भएन ? एकपटक पढ्नुहोस्

Kumari bank ad

काठमाण्डौं । के तपाईले विभिन्न कम्पनीको सेयर किन्नुभएकोछ ? यदि छ भने ती कम्पनीहरुले अहिले हकप्रद सेयर जारी गरेको हुन सक्छन् । यस्तो अवस्थामा तपाईले सूचना  नपाउँदा तपाई यो अवसरबाट वञ्चित हुनुपर्ने हुन सक्छ । त्यसैले आफुसँग भएको सेयर र भर्नुपर्ने हकप्रदको अनुपात थाहा पाउनुहोस् ।

अहिले अधिकांस बैंक तथा वित्तीय संस्थाले हकप्रदको आवेदन फारम पनि इन्टरनेटबाट उपलब्ध गराएका छन् । तपाईले उक्त फारम डाउनलोड गरेर प्रिन्ट गरी हकप्रदको विबरण भरेर पनि बुझाउन सक्नु हुनेछ । तर यो पनि बुझ्नुपर्छ कि कम्पनीहरुले डाउनलोड गरेको भन्दा सिरियल नम्बर सहित संकलन केन्द्रबाट उपलब्ध गराइएको आवेदन फारमलाई प्राथमिकतामा राखेका छन् ।

त्रिवेणी विकास बैंकको हकप्रद भर्ने अन्तिम मिती यही मंसिर २७ गते रहेकोछ । यस कम्पनीको बिक्री प्रबन्धक एस क्यापिटल रहेकोछ । त्यस्तै,  काष्ठमण्डप डेभलपमेण्ट बैंक र हिमालयन बैंकको हकप्रद भर्ने म्याद यही मंसिर ३० गते अन्तिम रहेकोछ ।

त्यसै गरी, जनता बैंक र सेती फाइनान्सको हकप्रद भर्ने अन्तिम मिती पुस ५ गते रहेकोछ । एनएमबी माइक्रोफाइनान्सको भने पुस १० गते अन्तिम म्याद रहेकोछ ।

यस्तै, नागबेली लघुवित्त र माछापुछ्रे बैंकको हकप्रद सेयर भर्ने  अन्तिम मिती पुस २४ गते रहेकोछ । त्यस्तै, वेष्टर्न डेभलपमेण्ट बैंकको पुस २६ र सेवा विकास बैंकको हकप्रद भर्ने अन्तिम दिन पुस २७ गते रहेकोछ ।

यसैगरी, नमस्ते वित्तीय संस्थाको पुस ८ गते हकप्रद निस्कासन हुँदैछ भने भर्ने अन्तिम म्याद माघ १३ गतेसम्म रहेकोछ । त्यस्तै, सगरमाथा फाइनान्सको पनि हकप्रद सेयर पुस ११ गते निष्काशन हुँदैछ भने अन्तिम तिमी माघ १७ सम्म रहेकोछ ।

२४ मंसिर २०७३, १।००

वि.सं.२०७३ मंसिर २४ शुक्रवार १९:३१ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...