काठमाण्डौं । सुन गत वर्षको माघ महिनायताकै सस्तो भएको छ। साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँ सस्तिएको छ । ४ सयले सस्तिएपछि सुनको मूल्य प्रतितोला ५३ हजार रुपैयाँ कायम भएको छ।
यसअघि गत वर्षको माघ २२ गते सुनको मूल्य ५२ हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा आजको मूल्य त्यसयताकै सस्तो रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
२४ मंसिर २०७३, १।००
वि.सं.२०७३ मंसिर २४ शुक्रवार १९:४१ मा प्रकाशित