back
NMB ad

कलंकी चोकमा नेपालकै पहिलो अन्डरपास रोड बन्दै,धमाधम चौबिसै घण्टा काम !

Kumari bank ad

काठमाडौ । तपाई काठमाडौ नआउनुभएको अलि धेरै समय भईसक्यो भने काठमाडौको कलंकी चोक यहि हो र भन्ने अवस्थामा पुग्नुहुन्छ ! अझ अब १/२ वर्षपछि मात्र काठमाडौमा पाईला पार्नुभयो भने कलंकी चोकले अर्कै परिचय बनाईसकेको हुनेछ ।

हो, यो भिडभाडमा तपाई धुलैधुलो र घण्टौंको जामलाई राहत दिने हिसाबले कलंकी चोकमा अन्डरपास रोड निर्माणको कार्यले गति लिएको छ ।

दिनको समयमा त यहाँ काम हुन्छ नै तर पुरै उपत्यका मस्त निद्रामा भएको रातको समयमा पनि यो चोकमा धमाधम निर्माण कार्य भईरहेको देख्न सकिन्छ । हामी रातको ११ बजे कलंकी चोक पुग्दा त्यहाँ धमाधम काम भईरहेको थियो ।

चीन सरकारको सहयोगमा कलंकी चोकमा नेपालकै पहिलो ‘अन्डरपास रोड’ निर्माण कार्य भइरहेको छ । यो आत्याधुनिक संरचना मात्र हुनेछैन, नेपालकै नमूना पनि हुनेछ । चक्रपथ विस्तार परियोजना अन्तरगत कलंकीमा नेपालकै पहिलो अण्डर पास रोडको निर्माण कार्य तिव्ररुपमा भईरहेको हो । अन्डरपास निर्माणका लागि चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सनले कार्य गरिरहेको छ । अन्डरपास रोड निर्माणमा यतिबेला १० चिनीया कामदार र २० नेपाली कामदारले दिउँसो र रातिको सिफ्ट मिलाएर कार्य गरिरहेका छन् ।

८ सय मिटर लामो अन्डरपासमध्ये निर्माणमा संलग्नहरुले अहिले कलंकी चोकबाट बल्खुतिरको ४ सय मिटरतर्फको भागको काम द्रुत गतिमा अघि बढाएका छन् । यो भाग ३ महिनामा सम्पन्न हुने बताईएको छ । यो सकिएलगतै सितापाईलातर्फको ४ सय मिटरको कार्य सुरु हुने काठमाडौं सुधार योजनाले जनाएको छ ।

सुरुमा २०१७ जनवरीसम्म निर्माण सम्पन्न गर्ने भूकम्प र नाकाबन्दीका कारण सांघाई कम्पनीले अन्डरपासको निर्माण सन् २०१८ को जुलाई अगावै सक्ने लक्ष्य लिएको छ ।

अन्डरपासको निर्माण पछि कलंकी चोकमा ट्राफिक नै बस्नु नपर्ने र ट्राफिक जाम पूर्णरुपमा हट्ने विश्वास लिइएको छ ।

प्रकाशित मितिः २०७३ पुस ६

वि.सं.२०७३ पुस ६ बुधवार ०८:०८ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...