काठमाण्डौं । साताको पहिलो दिनदेखि नै लगातार बृद्धि भइरहेको सुनको मुल्यमा आज पनि बृद्धि हुन पुगेकोछ । आज सुन प्रति तोला २ सय रूपैँयाले बढेको छ ।
हिजो बिहीबार प्रति तोला ५३ हजार पाँच सय मूल्य रहेको सुन आज शुक्रबार तोलाको ५३ हजार ७ सय रुपैयाँ पुगेकोछ । तर आज चाँदीको मुल्यमा भने कुनै हेरफेर नभएको सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।
२२ पुस २०७३, ११।००
वि.सं.२०७३ पुस २२ शुक्रवार ११:५७ मा प्रकाशित