Logo

फाइनान्सको आठ लाख ८७ हजार चार सय ६३ कित्ता सेयर बजारमा आउँदै

काठमाण्डौं । सगरमाथा फाइनान्स लिमिटेडले पुस ११ देखि माघ १७ गतेसम्म बेचेको असी प्रतिशत हकप्रदको बाँडफाँड गरेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरका २९ करोड ५४ लाख रुपैयाँ बराबरको २९ लाख ५४ हजार ३९० कित्ता सेयर निष्काशन गरेको थियो ।

हकप्रदमा सात हजार तीन सय ४८ जनाले आवेदन गरेका थिए । कम्पनीले सो संख्याबाट रितिपुर्वक प्राप्त गरेको आवेदकहरुलाई २० लाख ६६ हजार नौं सय २६ कित्ता फागुन ८ गते बाँडफाँड गरेको हो । बाँकी आठ लाख ८७ हजार चार सय ६३ कित्ता सेयर अब कम्पनीले बोलकबोलबाट बेच्नेछ ।

मंसिर २३ गतेसम्म कायम सेयरधनीले हकप्रद सेयरका लागि आवेदन दिएका थिए । कम्पनीले आफ्नो कायम हकभन्दा बढि सेयर माग गरि आवेदन गर्ने आवेदकलाई फागुन १५ गतेदेखि आफुले हकप्रद बुझाएको संकलन केन्द्रबाट भुक्तानी पूर्जा संकलन गर्न सकिने जनाएको छ ।

१० फागुन २०७३, ११।००

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com