Logo

तीन कम्पनीको हकप्रद सेयरपछिको मूल्य समायोजन !

काठमाडौ । मंगलबार तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले एकैदिन सिद्धार्थ बैंक, पूर्णिमा विकास बैंक र माछापुच्छ्रे बैंकको हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो ।

नेप्सेले सिद्धार्थ बैंकको ३० प्रतिशत हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको जनाएको छ । बैंकको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता ५३८ रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य ६३९ रुपैयाँ रहने भएको छ ।

त्यस्तै नेप्सेले माछापुच्छ्रे बैंकको १२ प्रतिशत हकप्रद पछिको सेयर मूल्य समायोजन गरेको छ । कम्पनीको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता ३८० रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य ४३३ रुपैयाँ रहेको छ ।

मंगलबार नेप्सेले पूर्णिमा विकास बैंकको २५ प्रतिशत हकप्रद पछिको सेयर मूल्य समायोजन गरेको छ । कम्पनीको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता ३४० रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य ३६२ रुपैयाँ रहेको छ ।

प्रकाशित मितिः २०७४ जेठ १६

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com