back
NMB ad

७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दीको विद्युत् उत्पादन शुरु

Kumari bank ad

काठमाडौँ । लमजुङस्थित ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्रको बाँधको देब्रेतिर र विद्युत् गृहको मर्मत कार्य सम्पन्न भएको छ ।

आयोजनाका प्रमुख पशुपतिराज गौतमका अनुसार तोकिएको समयभन्दाअगावै छ दिन १० घण्टामा आयोजनाको मर्मत कार्य सम्पन्न भई आज साँझ १८ः३० बजेबाट विद्युत् उत्पादन पुनःशुरु गरिएको छ । प्राधिकरणले मर्मत कार्य सम्पन्न गर्न १० दिन लाग्ने बताएको थियो । मर्मत यही फागुन ११ गतेदेखि शुरु भएको हो ।

आयोजनाको बाँधको देब्रेतर्फको क्षेत्रमा भू–क्षयलाई रोक्न राखिएको संरचनाको मर्मत गत शुक्रबारदेखि शुरु गरिएको थियो ।

वर्षात्को पानीले हिर्काएर क्षति पुगेको ठाउँमा थप क्षति हुनबाट रोक्न पर्खाल लगाइएको प्रमुख गौतमले जानकारी दिए । मर्मतका क्रममा दैनिक ४०० मजदुर परिचालन गरिएको थियो । नेपाल विद्युत् प्राधिकरण भार प्रेषण केन्द्रले आज साँझसम्म मात्रै आयोजना बन्द गर्न स्वीकृति दिएको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र उपकार्यकारी निर्देशक हरराज न्यौपानले गत शनिबार केन्द्रको स्थलगत निरीक्षण गरी तोकिएकै समयमा मर्मतको काम सक्न निर्देशन दिएका थिए ।

आयोजना प्रमुख गौतमका अनुसार आज आयोजनाले २८ मेगावाट विद्युत् उत्पादन गरेको छ । आयोजनाको एउटा मात्रै मेशिन चलाइएको छ । अर्को मेशिन यही फागुन २३ गतेदेखि मात्रै सञ्चालनमा आउनेछ ।

विद्युत्को माग बढी हुने साँझ र बिहानको समयमा ७० मेगावाट विद्युत् उत्पादन हुने मध्यमस्र्याङ्दी बन्द हुँदा प्राधिकरणले कुलेखानीका दुवै आयोजना सञ्चालन गर्नुपरेको थियो ।

मध्यमस्र्याङ्दी बन्द हुँदा प्रणालीमा कुनै समस्या नआएको र विद्युत् आपूर्ति अवरुद्ध नभएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिए । आयोजना बन्द हुँदा कुलेखानीको दुवै आयोजनाबाट ९२ मेगावाट विद्युत् उत्पादन गरेर भार व्यवस्थापन गरिएको कार्यकारी निर्देशक घिसिङको भनाइ छ ।

आयोजनाको बाँधमा थुप्रिएको बालुवा निकाल्दासमेत आयोजनालाई रु १८ लाख आम्दानी भएको छ ।

जिल्ला प्रशासन कार्यालय लमजुङ, जिल्ला समन्वय समिति र बेंसीशहर नगरपालिकासँग समन्वय गरी केन्द्रले बोलकबोलमार्फत बालुवा निकाल्ने ठेक्का दिएको थियो ।

नदीमा पानीको प्रवाह कम भएका कारण साँझ र बिहान मात्रै आयोजनाले ७० मेगावाट विद्युत् उत्पादन गर्ने आयोजना प्रमुख गौतमको भनाइ छ ।

२०७४ फागुन १७ गते प्रकाशित

वि.सं.२०७४ फागुन १७ बिहीवार २०:३१ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...