काठमाडौँ । नेकपा (एमाले) निकट युवा संघ नेपालका अध्यक्ष राजीव पहारी अस्वस्थ एका छन् ।
बुधबार साँझ एक्कासी अस्वस्थ भएका अध्यक्ष पहारीको अहिले नयाँ बानेश्वरस्थित एभरेष्ट हस्पिटलमा उपचार भइरहेको संघका महासचिव किरण पौडेलले जानकारी दिए । पहारीलाई निमोनिया भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
उनलाई केही दिनसम्म अस्पतालमा राखी उपचार गर्नुपर्ने चिकित्सकको सुझाव रहेको महासचिव पौडेलले बताए ।
पहारीलाई चिकित्सक डा रामनारायण शाह र डा नीरज नेपालले उपचार गरिरहेका छन् । पहारी कास्कीबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।
२०७४ फागुन १७ गते प्रकाशित
वि.सं.२०७४ फागुन १७ बिहीवार २१:१४ मा प्रकाशित