back
NMB ad

नेपालमै खुल्यो गिद्धका लागि रेष्टुराँ, गिद्धको संरक्षणसंगै प्रवद्र्धन गरिने

Kumari bank ad

नवलपरासी । गिद्धका लागि जंगल तथा खुला प्रकृति संरक्षण भनेको सामान्य नै मानिन्छ । तर नेपालमै एउटा यस्तो ठाउँ छ, जहाँ गिद्धको लागि रेष्टुराँ नै खोलिएको छ । सुन्दा अचम्म लाग्छ तर पर्यटन प्रवद्र्धन साथै गिद्ध संरक्षणका लागि नवलपरासी (बर्दघाट– सुस्ता पूर्व) जिल्लामा अनौठो अभियान चलाइएको छ ।

पछिल्लो समय गिद्धको संख्या घट्दै जान थालेपछी संरक्षण अभियान अन्तर्गत कावासोती नगरपालिका–८ मा गिद्धलाई आहार जुटाउनका लागि जटायु रेष्टुराँ नाम नै राखी गिद्ध संरक्षण गरिँदै आएको छ ।

युएनडिपीको स्मल ग्रान्ट्स प्रोग्राम (एसजिपी)ले आर्थिक सहयोग गरेपछि यसरी गिद्धको संरक्षण शुरु भएको जटायु रेष्टुराँ व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर चौधरी बताए ।

बूढा गाईगोरुलाई गिद्धको आहारा बनाई रेष्टुराँ नै बनाइएको छ । चौधरीका अनुसार गिद्ध संरक्षण गर्नका लागि चितवनको कसरामा रहेको प्रजनन केन्द्रबाट गिद्धलाई नवलपुरको प्रकृतिमा छाडेर वातावरणअनुसारको स्थानमा संरक्षण गरिएको छ ।

शुरुमा ७२ गिद्ध रहेको सो स्थानमा हाल एसजिपीको सहयोगमा गाउँले संरक्षणमा लागेपछि २१७ सम्म गिद्ध गणना गरिएको चौधरीले जानकारी दिनुभयो हाल त्यहाँ पर्यटकको आवागमन पनि बढेको छ ।

पर्यटकले गिद्धको अध्ययन गर्नाका साथै जिप सफारी गरेर घाँसे मैदान, गैँडा, हात्ती, बाघलगायत जंगली जनावर हेरेर रमाउने गर्छन् । गिद्धको अध्ययन गर्नकै लागि भनेर जीवशास्त्रका विदेशी विद्यार्थी पनि यहाँ आउने गरेका छन् ।

२०७४ फागुन २९ गते प्रकाशित ।

वि.सं.२०७४ फागुन २९ मंगलवार ०८:२९ मा प्रकाशित

You can share this post!

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:२५

क्यानबेरा, १४ वैशाख : विश्वव्यापी रूपमा वातावरणमा पाइने ब्रान्डेड प्लास्टिक...

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:०९

मलेखु (धादिङ), १४ वैशाख : धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ रानीपौवा माध्यमिक...