back
NMB ad

गीतकार एवं पुर्व अर्थमन्त्री महेश आचार्य अमेरीकामा अन्तराष्ट्रिय नेपाली साहित्य समाज द्वारा अभिनन्दित

Kumari bank ad
  • नातिबाबु भट्ट

कोलोराडो, अमेरीका । साहित्य, संगीत र पत्रकारिता जस्ता छुट्टा, छुट्टै विधामा ख्याती कमाएका नेपालका दुई श्रष्टाहरुलाई कोलोराडोमा एक समारोह बिच अभिनन्दन गरिएको छ ।

अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा शनिबार सम्पन्न कवि गोष्ठि तथा श्रष्टा सम्मान समारोहमा, स्थानीय संघ संस्थाका पदाधिकारी, कवि कवयत्री, कलाकार, व्यवसायी ,पत्रकार गन्यमान्य तथा सर्वसाधरणको उपस्थितीमा बरिष्ठ पत्रकार तथा कथाकार बिनोदमणी दिक्षित र माननिय पूर्व अर्थमन्त्री तथा गीतकार महेशआचार्यलाई अभिनन्दन गरिएको हो ।

सोही कार्यक्रममा प्राध्यापक तथा साहित्यकार प्रभातमणी दिक्षीत एबं पत्रकार कृष्ण ज्ञावाली र डा.बिष्णुबहादुर श्रेष्ठलाईसमेत सम्मान गरिएको छ । त्यसैगरी १०८ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा पारी साहित्य, संगित तथा सामाजिक क्षेत्रमा सक्रिय योगदान गरेका कोलोराडो निवासी महिलाहरुलाई खादा पहिराई सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा बरिष्ठ गायिका उषाकिरण अधिकारी, साहित्यकार प्रमीला शर्मा, संखुवासभा समाजका अध्यक्ष शान्ति श्रेष्ठ, थ्रोन्टन सिष्टर गु्रपका संयोजक धन पौड्याल, आयोजक संस्थाका उपाध्यक्ष मिना पौड्याल तथा सकृय सदस्य यसोदा भट्ट रहेका छन् । नेपालबाट आउनु भएका बिनोदमणी दिक्षितका धर्म पत्नी रीता दिक्षीत र महेश आचार्यको धर्म पत्नी मीना आचार्यलाई समेत दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

अभिनन्दित ब्यक्तित्व द्धयलाई आयोजक संस्थाका पदाधिकारीहरु अध्यक्ष कृष्णमुरारी ढुङ्गेल, उपाध्यक्ष मीना पौड्याल, महासचिव श्याम श्रेष्ठर सदस्य यसोदा भट्टद्वारा माला लगाई खादा पहिराई अभिनन्दन पत्र प्रदान गरी सम्मान गरिएको थियो । अन्य सम्मानितहरुलाई कार्यक्रमका प्रमुख अतिथी महेश आचार्यले खादा पहिराइदिई सम्मान गरेका थिए । अध्यक्ष कृष्णमुरारी ढुङ्गेलले अभिनन्दित ब्यक्तित्व द्धयको अभिनन्दन पत्र पढेर सुनाएका थिए ।

अभिनन्दित व्यक्तित्वहरु द्धयले नेपाली भाषा साहित्य तथा पत्रकारिताको क्षेत्रमा पु¥याएको योगदानको बारेमा पत्रकार कृष्ण ज्ञावाली र प्राध्यापक प्रभातमणी दिक्षीतले प्रकाश पारेका थिए ।

यसरी अभिनन्दन तथा सम्मानित कार्यक्रममा उपस्थित हुने अन्य अतिथीहरुमा जनसम्पर्क समिती अमेरीकाका उपाध्यक्ष धर्मराज श्रेष्ठ, एनआरएन अमेरीकाका सल्लाहकार बुद्धी लामीछाने, डा.विजयराज शर्मा, एनआरएन कोलोराडो च्याप्टरका अध्यक्ष राज ढुङ्गाना, ग्लोवल फोरमका तिर्थ बर्मा, रकि माउन्टेन फ्रेन्डस् अफ नेपालका अध्यक्ष बिनोद त्रीपाठी, पत्रकार बिजय घिमीरे, अन्तराष्ट्रिय कलाकार समाजका अध्यक्ष निर्मल प्याकुरेल, किरात राई समाजका पूर्व अध्यक्ष आकाश राई, बिआटी नेपाल डटकमका शैलेश पोख्रेल, यूएस नेपाल न्यूजका बिकल पराजुली नेपाली घरका उपाध्यक्ष नातिबाबु भट्ट, लगायतका संघ संस्थाका प्रतिनिधी तथा पदाधिकारी तथा आयोजक संस्थाका पदाधिकारी, स्थानीय कवि कवयत्री तथा सर्वसाधारणहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथी महेश आचार्यबाट पानसमा बत्तीबालेर सुरुगरिएको कार्यक्रममा, मुलुकले भर्खरै गुमाएका वरिष्ट साहित्यकार ईन्द्रबहादुर राई तथा यूएस बंगलाको प्लेन दुर्घटनामा मृत्यूहुनेहरुको संझनामा एक मिनेट मौन धारण तथा उपचारार्थ घाईतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्दै कार्यक्रम आगाडी बढेको थियो । कार्यक्रममा आयोजक संस्थाका महासचिव श्याम श्रेष्ठले उपस्थित सबैलाई स्वागत गरेका थिए भने, अध्यक्ष कृष्णमुरारी ढुङ्गेलले बढो कुशलताका साथ कार्यक्रम संचालन गरेका थिए । कार्यक्रमको सभापतित्व बरिष्ठ पत्रकार तथा कथाकार बिनोद मणी दिक्षितले गरेका थिए ।

कार्यक्रमको दोश्रो सत्रमा कविता तथा साहित्य सृजना प्रस्तुत गर्ने कार्यक्रम रहेको थियो । यसमा कवि, कवयत्री, गायक तथा कलाकारहरुले आ–आºनो सृजना प्रस्तुत गरेका थिए । कवि, कवयत्रीहरुले गद्य, पध्य, स्रिंगारीक जस्ता शैलीहरुमा कविता तथा गजलहरु वाचन गरेका थिए । सानी नानी आर्या चालिसेले सुन्दर नृत्य प्रस्तुत गरेकी थिईन् भने महेश आचार्यले बिश्व साहित्यको ईतिहास कोट्याएका थिए ।
मानिस भाग्यको खोजिमा संसारको जुनसुकै कुनामा बसेर, जस्तो सुकै सुःख र सुविधा उपभोग गरेपनि आनो भाषा संस्कृती, जन्मे हुर्केको देशको माया ममता त्याग्न सकिदैन रहेछ भन्ने भाव यहां प्रष्ट देख्न सकिन्थ्यो ।

निस जहां जसरी रहेपनि नेपाल र नेपालीको भाषा संस्कृती जोगाई राख्नु पर्दछ भन्ने उद्धेश्य लिई “भाषा चाहिन्छ भेष चाहिन्छ सिर उठाई बाच्न आºनो देश चाहिन्छ” भन्ने मुल मन्त्रका साथ विश्वको ७३ देशमा शाखा र सयौं च्याप्टरमा फैलिएको अन्तराष्ट्रिय नेपाली साहित्य समाज अन्तर्गत कोलोराडो च्याप्टरको आयोजनामा प्रत्येक महिना कवि गोष्ठीको आयोजना हुने गर्दछ ।

२०७४ चैत ५ गते प्रकाशित

वि.सं.२०७४ चैत ५ सोमवार ०९:२३ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...