काठमाडौं । वोमी माइक्रोफाइनान्सले ३० प्रतिशत हकप्रद सेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । भौतिक सेयर प्रमाणपत्र डिम्याट गराइसकेकाहरुको हकप्रद खातामै पठाइदिएको हो । डिम्याट ढिला गरेकाहरुको पनि क्रमशः खातामा पठाउने तयारी भइरहेको कम्पनीको भनाई छ ।
हालसम्म पनि डिम्याट नगरेका सेयरधनीलाई जतिसक्दो छिटो सेयर प्रमाणपत्र डिम्याट गर्न कम्पनीले आग्रह गरको छ । त्यसपछि सम्बन्धित सेयरधनीको खातामा हकप्रद सेयर जम्मा गरिनेछ । वोमीले गत जेठ १६ गतेदेखि १० बराबर ३ को अनुपातमा २ लाख ३३ हजार २८० कित्ता सेयर बिक्री खुला गरेको थियो । सोही सेयर अहिले लगानीकर्ताको खातामा पठाउने कार्य सुरु भएको हो ।
२०७५ असोज ३ गते प्रकाशित
वि.सं.२०७५ असोज ३ बुधवार १३:२३ मा प्रकाशित