back
NMB ad

निर्वाचन कार्यक्रम सार्वजनिक

Kumari bank ad

काठमाडौँ, । प्रतिनिधिसभा अन्तर्गतका १० वटा विषयगत समितिका सभापति चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ ।

निर्वाचन यही असोज ५ गते शुक्रबार ११ बजेदेखि शुरु हुँदैछ । यसअघि दुईपटक निर्वाचन प्रक्रिया स्थगित भएका थिए । प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीद्वारा जारी विज्ञप्तिका अनुसार निर्वाचन प्रक्रियाअन्तर्गत भोलि बिहीबार प्रतिनिधिसभाका सम्बन्धित समितिको कुनै सदस्यलाई सभापति पदमा निर्वाचित गरियोस् भनी कुनै अर्को सदस्यले समर्थनसहित प्रस्ताव दर्ता गराउनुपर्ने छ ।

दर्ता गराउने समयसीमा बिहान ११ बजेदेखि ५ बजेसम्म निर्धारण गरिएको छ । यसपछि सचिवालयले दर्ता भएका प्रस्तावको सूची प्रकाशन गर्नेछ ।

शुक्रबार बिहान ११ बजेदेखि सम्बन्धित समितिका बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने, समर्थकले सम्बन्धित प्रस्तावलाई समर्थन गर्ने र प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने कार्यक्रम रहेको छ ।

सचिवालयले एकभन्दा बढी समितिमा सदस्य रहनुभएका प्रधानमन्त्री, मन्त्रीहरुले आफू कुन समितिको मतदानमा सहभागी हुने लिखितरुपमा सभामुखलाई उपलब्ध गराइदिन अनुरोधसमेत गरेको छ ।

प्रतिनिधिसभाअन्तर्गत अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानून, न्याय तथा मानवअधिकार, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति रहेका छन् ।

यसैगरी महिला तथा सामाजिक, राज्य व्यवस्था तथा सुशासन, विकास र प्रविधि, शिक्षा र स्वास्थ्य र सार्वजनिक लेखा समिति रहेका छन् । यसअघि राष्ट्रियसभा अन्तर्गतका चारवटा विषयगत समितिका सभापति चयन प्रक्रिया सम्पन्न भइसकेका छन् । ती समितिमा दिगो विकास तथा सुशासन, विधायन व्यवस्थापन, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन र राष्ट्रिय सरोकार तथा समन्वय समिति रहेका छन् ।

                                                                                                                                      २०७५असोज ३ गते प्रकाशित

वि.सं.२०७५ असोज ३ बुधवार १३:०३ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...