back
NMB ad

अनलाइनबाटै सेयर कारोबार हुन थालेपछि बजारमा देखियो चमक, उकालो लाग्यो नेप्से

Kumari bank ad

काठमाडौं । अनलाइनबाटै सेयर कारोबार हुन थालेपछि सेयर बजारमा सुधार देखिएको छ । निरन्तर ओरालो लाग्दै आएको सेयर बजार मापक नेप्से मंगलबार करिव १४ अंकले बढन पुगेको छ ।

आइतबार र सोमबार दोहोरो अंकले घटेर नेप्से १२ सय अंक भन्दा तल आइपुगेको थियो । तर, मंगलबार १३.९७ बिन्दुले नेप्से बढेपछि १२०७.३१ बिन्दुमा पुगेको छ ।

कात्तिक २० गतेदेखि नेपाल स्टक एक्चेन्ज (नेप्से) ले आधुनिक प्रविधि अनलाइनबाट सेयर कारोबार गर्ने औपचारिक घोषणा गरेपनि त्यसको प्रभावकारी कार्यान्वय हुन नसकेपछि सेयर बजारमा खासै सेयर किनबेच हुन सकेको थिएनन् । अनलाइनबाट सेयर कारोबार गर्न ब्रोकरहरु अलमलमा पर्दा कारोबारमा समेत प्रभावित हुन पुगेको थियो ।

तिहारपछि पहिलो दिन आइतबार र दोस्रो दिन सोमबार खुलेको सेयर बजारमा अनलाइनबाट सेयर कारोबार गर्न ब्रोकर त अलमलमै परेका थिएन नै । त्यससँगै लगानीकर्ता पनि अलमलमा परेका थिए । तर, तिहारपछिको तेस्रो कारोबार दिन मंगलबार भने सेयर बजारमा चमक देखिन पुगेको थियो ।

बैंक तथा वित्तीय संस्थाहरुले धमाधम नगद लाभांश वितरण गर्न थालेकाले पनि सेयर बजार उकालो लाग्न गएको कतिपयको बुझाइ छ । वाणिज्य बैंकहरुले पनि एकपछि अर्को गर्दै लाभांश घोषणा गर्न थालेका छन् । एभरेष्ट बैंकले २० प्रतिशत नगद लाभांश, स्टयाण्डर्ड चार्टर्ड बैंकले १७.५० प्रतिशत नगद लाभांश र सानिमा बैंकले १४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिसकेका छन् । उक्त प्रस्ताव नेपाल राष्ट बैंकले स्वीकृत गरेपछि बैंकले साधारणसभाबाट पारित गराएर लगानीकर्तालाई लाभांश वितरण गर्ने गर्छन् ।

२०७५ कार्तिक २८ गते प्रकाशित

वि.सं.२०७५ कात्तिक २८ बुधवार १०:३१ मा प्रकाशित

You can share this post!

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...