back
NMB ad

निक्षेपकर्तालाई बढी ब्याज दिएर पैसा भित्र्याउने चटारोमा बैंक

Kumari bank ad

काठमाडौं । असार साउनमा कृषकहरुलाई धानवाली भित्र्याउने चटारो भएजस्तै यतिबेला वाणिज्य बैंकहरु सर्वसाधारण निक्षेपकर्तालाई बढी ब्याज दिएर आफ्नो बैंकमा पैसा राख्न लगाउने चटारोमा छन् ।

नेपाल बैंकर्स संघले व्यक्तिगत निक्षेपमा लगाउँदै आएको ब्याजदरको सीमा हटाएर बैंकलाई नै स्वतन्त्ररूपमा निर्णय गर्न पाउने व्यवस्था गरे लगत्तै बैंकहरुबीच ब्याजदर बढाउने प्रतिस्पर्धा सुरु भएको हो ।

अहिले मुद्दती खातामा १३ प्रतिशतसम्म ब्याज दिएर वाणिज्य बैंकहरुले निक्षेप तानिरहेका छन् । कुमारी बैंकले अरु बैंकले भन्दा बढी ब्याज दिने योजना ल्याएको छ । उसले १३ प्रतिशत ब्याज दिने बिशेष नयाँ योजना सार्वजनिक गरेको छ ।

बैंकर्स संघले ब्याजदरको सीमा हटाएकै दिन जनता बैंकले व्यक्तिगत बचतमा १२ प्रतिशत ब्याजदरको अफर ल्याएको छ भने माछापुच्छ्रे बैंकले १२.५ प्रतिशत ब्याज दिने व्यक्तिगत मुद्दति खाता योजना सार्वजनिक गरेको छ । बैंकहरुले प्रकाशित गरेको ब्याजदरमा थप आधा प्रतिशत बिन्दु बढिसम्म ब्याज दिन सक्दछन् ।

माछापुच्छ्रे बैंकले व्यक्तिगत मुद्दती खाता १२.५ प्रतिशतसम्म ब्याज दिने घोषणा गरेको छ । बैंकले मासिक ब्याज भुक्तानी र ५ वर्षसम्मका लागि नयाँ ब्याजदर योजना ल्याएको हो । यस्तै जनता बैंकले पनि १२ प्रतिशत ब्याज दिने गरी जनता मुद्दती खाता योजना ल्याएको छ । जसमा न्यूनतम १ लाख रुपैयाँ मौज्दात हुनुपर्नेछ ।

निक्षेपको ब्याजदर बढेसँगै कर्जाको ब्याजदर पनि बढ्ने निश्चित छ । मुद्दती निक्षेपको ब्याज बढेसँगै कर्जाको ब्याज पनि बढने संकेत देखिएपछि नेपाल स्टकएक्चेन्ज (नेप्से) सूचक एकै दिन २३ अंकले ओरालो लागेको छ ।

२०७५ मंसिर २० गते प्रकाशित

वि.सं.२०७५ मंसिर २० बिहीवार ११:३८ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...