back
NMB ad

गत साल वर्षभरीमा आएजति रेमिट्यान्स अहिले १० महिनामै आयो

Kumari bank ad

काठमाडौं । विदेश जाने नेपालीको संख्या पोहोरभन्दा घटे पनि विदेशबाट आउने रेमिट्यान्स भने बढेको छ । पोहोर एक वर्षमा जति रकम आएको थियो, करिब त्यति नै रकम अहिले १० महिनामै आएको छ ।

गत आर्थिक वर्षभरीमा ७ खर्ब ५५ अर्ब ६ करोड रुपैयाँको रेमिट्यान्स नेपाल भित्र्एिको थियो । चालू आर्थिक वर्षको १० महिना अर्थात वैशाखसम्म ७ खर्ब २५ अर्ब ३० करोड रेमिट्यान्स आएको छ । वैदेशिक रोजगारीमा जाने नेपाली ३८.६ प्रतिशतले घटेका छन् । तर, रेमिट्यान्स भने १९.९ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले युवालाई स्वदेशमै रोजगारी दिने उद्घोष गरेका थिए । प्रधानमन्त्रीले भनेजस्तै स्वदेशमै रोजगार दिने र विदेशमा जति कमाउँछन् त्यति नै रकम नेपालमा कमाउन सकिने वातावरण बनाइदिने हो भने विदेश जाने रहर नै कसैलाई हुन्छ र अहिले पनि रोजगारीका लागि ४० लाख युवा विदेशमा छन् ।

सरकारले बेरोजगार युवालाई स्वरोजगार बनाउन ‘प्रधानमन्त्री स्वरोजगार कार्यक्रम’ ल्याए पनि त्यो नारामा मात्र सीमित छ । आगामी आर्थिक वर्षदेखि कम्तीमा पाँच लाख बेरोजगार युवालाई व्यवस्थित रुपमा रोजगारी दिने गरी देशैभरि कार्यक्रम सञ्चालन गरिने सरकारले उद्घोष गरेको छ । तर, त्यो कथनीमा मात्रै सीमित हुने निश्चित छ ।

मुलुकको आम्दानी भनेकै रेमिट्यान्स भएको छ । नेपालको वार्षिक बजेटको स्रोतका रुपमा सबैभन्दा ठूलो हिस्सा रेमिट्यान्सले ओगटेको छ । रेमिट्यान्सबाट अर्थतन्त्र चलाउने देशको सूचीमा नेपाल विश्वमै अग्रस्थानमा परेको छ ।

संयुक्त राष्ट्रसंघको कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषले सार्वजनिक गरेको प्रतिवेदनमा रेमिट्यान्समा नेपालको निर्भरता उच्च रहेको देखाएको छ ।

अन्तर्राष्ट्रिय कोषको प्रतिवेदनअनुसार रोजगारीका लागि विदेश जानेहरूले पठाएको रकमले नेपालको कुल गार्हस्थ्य उत्पादन जीडीपी को करिब ३२ प्रतिशत ओगटेको जनाएको छ । नेपालमा रेमिट्यान्सको प्रवाह दातृ निकायबाट प्राप्त हुने आधिकारिक आर्थिक सहायता ९ओडीए० भन्दा धेरै छ ।

नेपाली वैदेशिक रोजगारीमा जाने प्रचलनको इतिहास लामो भए पनि अर्थतन्त्र नै रेमिट्यान्समा निर्भर भएको भने धेरै भएको छैन । विशेषगरी सन् १९९६ पछिको एक दशक लामो सशस्त्र द्वन्द्व र त्यसपछिको अस्थिरताको वातावरणमा अर्थतन्त्रको एक मात्र आधार रेमिट्यान्स बनेको छ ।

यसरी भित्रिएको रेमिट्यान्सको आम्दानीबाट देशको समष्टिगत अर्थतन्त्र तथा व्यक्तिगत परिवारको आर्थिक विकासमा टेवा पुगेको छ भने देशमा विद्यमान गरिबी र बेरोजगारको चपेटामा परेका युवा दक्ष, अर्धदक्ष तथा अदक्ष युवाले रोजगारी प्राप्त गरेका छन् ।

विदेशमा नेपाली श्रमिकले कमाएको धेरै रकम हुन्डी कारोबारीहरुका कारण विदेशमै अड्किएर बस्ने गरेको छ । औपचारिक माध्यम अर्थात् बैंकिङ च्यानलबाट सबै रकम रेमिट्यान्सको रुपमा नआउनुको मूल कारण हुन्डीको कारोबारले गर्दा हो भन्ने कुरामा दुईमत छैन । गैरकानुनी रुपमा रकम ल्याउने/लैजाने र विदेशी मुद्रामा चलखेल गर्ने हुन्डी व्यवसायीहरू झनै मौलाउँदै गइरहेका छन् ।

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको शुरुदेखि नै रेमिटयान्स वृद्धिदर उच्च दरले बढेको छ । पछिल्ला दुई वर्षयता रेमिटयान्स वृद्धिदर घटदो क्रममा थियो  । तर, चालू आर्थिक वर्षको शुरुदेखि नै रेमिट्यान्स आप्रवाह वृद्धिदर उच्च देखिएको छ ।

उक्त अवधिमा अमेरिकी डलरको विनिमय दर बढ्नुका साथै कोरिया, अमेरिका र भारतबाट वैधानिक प्रणालीमार्फत भित्रिने रकम बढेपछि समग्र रेमिट्यान्स वृद्धिदर उच्च बनेको राष्ट्र बैंकको भनाइ छ । यो वर्ष नेपाली मुद्रा ९नेरु० सँग अमेरिकी डलरको विनिमय दर बढेको छ । नेपालमा भारतबाहेक सबै राष्ट्रबाट आउने रेमिट्यान्स अमेरिकी डलरमा आउँछ  । यसकारण डलरको विनिमय दर बढेपछि रेमिट्यान्स आप्रवाह पनि बढ्छ र घट्दा घट्छ  ।

ती राष्ट्रमा रेमिट्यान्स सेवाप्रदायक कम्पनीको पहुँच वृद्धिसँगै वैधानिक बाटोबाट आउने रेमिट्यान्स बढ्न थालेको हो  । यसअघि ती राष्ट्रमा रेमिट्यान्स सेवा प्रदायक कम्पनीको उपस्थिति सहज थिएन  । यसकारण नेपाली बैंक तथा वित्तीय संस्था र रेमिट्यान्स कम्पनीले ती राष्ट्रबाट रेमिट्यान्स ल्याउन अप्ठयारो थियो  । पछिल्ला महिनामा ती राष्ट्रमा धेरै रेमिट्यान्स प्रदायक संस्थाको संख्या बढेको छ  । यसकारण नेपाली कम्पनीलाई पनि त्यहाँबाट रेमिट्यान्स ल्याउन सजिलो भएको हो  । यसअघि ती राष्ट्रमा कार्यरत अधिकांश नेपालीले हुन्डीलगायत अन्य अवैधानिक प्रणालीमार्फत रेमिट्यान्स पठाउँदै आएका थिए  ।

पछिल्ला वर्षमा रोजागारीमा जाने नेपालीको संख्या घट्दै गएको छ  । तर, अमेरिकी डलरको भाउ बढेकाले रेमिट्यान्स बढेको विज्ञ बताउँछन्  ।

२०७६ असार ५ गते प्रकाशित

वि.सं.२०७६ असार ५ बिहीवार १३:५९ मा प्रकाशित

You can share this post!

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४५

काठमाडौँ : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको...

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४१

काठमाडौँ : सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)...

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३६

काठमाडौँ : सरकारले सहकारी क्षेत्रमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी...

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३०

 भक्तपुर, १३ वैशाख : कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ...

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:२२

काठमाडौँ, १४ वैशाख :हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:१९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...