back
NMB ad

होटलमा ग्याँस सिलिन्डर पड्कीएर आगलागि हुँदा करोडौंको क्षति

Kumari bank ad

काठमाडौं। जनकपुर उपमहानगरपालिका–२ मा बिहीबार बिहान आगलागी भएको छ। स्थानीय गोविन्द मिष्ठान्न भण्डारबाट सुरु भएको आगलागी अन्य दुई पसलमा पनि फैलिएर क्षति पु¥याएको छ। प्रहरीका अनुसार राति करिब ३ बजेको आसपास आगलागी भएपछि पसलमा राखिएका ८ वटा सिलिण्डर विष्फोट भएको छ । ग्यास सिलिण्डर पड्किँदा आगोले ठूलो रुप लिएको हो ।

जसका कारण सँगै रहेको सियाराम मिष्टान्न भण्डारमा पनि क्षति प¥याएको हो। प्रारम्भिक अनुसन्धानले तार सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय, धनुषाका एसपी शेखर खनालले बताए। उनका अनुसार उपमहानगरपालिकाका दुई वटा र महेन्द्रनगरको एउटा दमकलको सहयोगमा बिहान करिब ५ बजे आगो नियन्त्रणमा आएको हो। घटनामा मानवीय क्षति भएको छैन ।

आगलागी भएको थाहा पाउनासाथ कामदारले प्रहरीलाई खबर गरेका थिए।नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास गरिएको थियो। क्षतिको पूर्ण विवरण आएको छैन। स्थानीय राम यादवका अनुसार आगलागीले झन्डै एक करोडको क्षति भएको छ। आगलागीको घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२०७६ असार ५ गते प्रकाशित

वि.सं.२०७६ असार ५ बिहीवार १३:४५ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...