back
NMB ad

असोज १० र ११ गते कपिलवस्तुको तिलौराकोटमा ‘कपिलवस्तु श्री राष्ट्रिय खुल्ला शारिरीक सुगठन प्रतियोगिता–२०७६’ हुने

Kumari bank ad

काठमाडौं ।  कपिलवस्तु शारिरीक सुगठन तथा फिटनेश संघले आगामी असोज १० र ११ गते कपिलवस्तुको तिलौराकोटमा ‘कपिलवस्तु श्री राष्ट्रिय खुल्ला शारिरीक सुगठन प्रतियोगिता–२०७६’ को आयोजना गर्ने भएको छ ।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै आयोजकले यस्तो जानकारी गराएको हो । कपिलवस्तुको तिलौराकोटलाई विश्वभरि चिनाउने उद्देश्यले उक्त प्रतियोगिता गर्न लागिएको संघका अध्यक्ष जीवन गिरीले जानकारी दिए ।

उनकाअनुसार प्रतियोगितामा कम्तिमा पनि एक सय जनाले प्रतिष्पर्धा गर्नेछन् । ६ तौल समूहमा (५५, ६०, ६५, ७०, ७५, ७५+) गराईने प्रतियोगिताकै विजेता हुनेलाई दुई लाख रुपैयाँ नगदसहित सम्मान गरिनेछ ।

प्रतियोगितामा आफ्नो वजन समूहमा विजेता हुनेहरुलाई क्रमशः पन्ध, दश र पाँच हजार रुपैयाँ नगदसहित सम्मान गरिनेपनि अध्यक्ष गिरीले जानकारी दिए । प्रतियोगितामा जम्मा १३ लाख लाग्नेपनि उनले जनाए । अहिलेसम्म उक्त प्रतियोगितालाई सफल तुल्याउनको लागि कपिलवस्तु नगरपालिकाले पाँच लाख सहयोग प्रदान गरिसकेको पनि उनले जनाए । गिरीले भने,‘हामीलाई यो प्रतियोगितालाई सफल बनाउनको लागि कपिलवस्तु नगरपालिकाले ठूलो सहयोग गरेको छ । म मेयर किरण सिंहलगायत नगरपालिका र सम्पूर्ण वडाध्यक्षहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’ त्यस्तै, प्रतियोगितालाई सफल तुल्याउनको लागि विभिन्न संघ, संस्था र गाउँपालिकाहरुले सहयोगको प्रतिबद्धता जनाएको पनि उनले जनाए ।

उनले आफूले प्रतियोगिताको शोभा तथा गरिमा बढाउनको लागि भारतबाट अन्तर्राष्ट्रिय बडी बल्डिङ कोच तथा भारतीय सत्तारुढ दल भाजपाका नेतासमेत रहेका सुवास भदानालाई निमन्त्रणा गरिएको सुनाए । गिरीले भारतको आसाममा हुन गैरहेको ‘वल्र्ड पावर लिफ्टीङ च्याम्पियनसिप’ मा नेपालबाट छनौट गरेर लैजानेपनि घोषणा गरे ।

कार्यक्रममा काठमाडौं बडी बिल्डिङ संघका अध्यक्ष सुरेश सुवेदी, भक्तपुर बडि बिल्डिङ संघका अध्यक्ष बाबुकाजी मानन्धर, भक्तपुर बडि बिल्डिङ संघका उपाध्यक्ष ज्ञानेन्द्र मानन्धर र प्रतियोगिताका बरिष्ठ निर्णायक तथा निर्णायक समितिका सदस्य प्रतापकाजी बारियाको उपस्थिति थियो । प्रतियोगिता अवधिभर सम्पूर्ण अतिथि तथा निर्णायकहरुलाई तौलिहवामा रहेको गौतम बुद्ध होटेलमा राखिनेछ ।

पत्रकार सम्मेलनमा काठमाडौं बडी बिल्डिङ संघका अध्यक्ष सुरेश सुवेदीले उक्त प्रतियोगितामा आफ्नो संघबाट २५ जनाको सहभागिता रहने जनाए ।

२०७६ साउन १ गते प्रकाशित

वि.सं.२०७६ साउन १ बुधवार १८:०० मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...