Logo

५० प्रतिशत अनुदानमा काऊ म्याट

काठमाडौं ।  टोखा नगरपालिकाले किसानलाइ ५० प्रतिशत अनुदानमा काऊ म्याट वितरण गरेको छ । नगरपालिकामा गाई पालनलाई व्यवसायिक रुपमा अगाडि बढाउनका लागि ३४ जना किसानलाइ गाई बस्ने म्याट वितरण गरेको हो ।

चारवटा गाई पालेका किसानलाई एउटा, पाँचदेखि ९ वटा गाई पाल्ने किसालनाई ३, १० वटा भन्दा धेरै गाई पाल्ने किसानलाई ७ वटासम्म काऊ म्याट वितरण गरिएको टोखा नगरपालिकाले जानकारी दिएको छ ।

काऊ म्याटमा गाईलाई राख्दा गाईलाई चिसो नलाग्ने र थुनिलो हुनबाट समेत बच्च सकिने टोखा नगरपालिका पशु व्यवसायका अध्यक्ष हिराकाजी श्रेष्ठले बताउनुभयो ।

चालु आर्थिक वर्ष पनि व्यवसायिक गाई पालनप्रति किसानलाई आकर्षण गर्न नगरपालिकाले किसानमैत्री कार्यक्रम नगारसभाबाट पारित गरिसकेको छ ।

२०७६ साउन २१ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com