Logo

सूर्या लाइफ हकप्रद भदौ ८ गतेबाट खुला

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । आगामी भदौ ८ गतेबाट कम्पनीको हकप्रद विक्रीका लागि खुला हुनेछ भने आवेदन दिने अन्तिम अवधि असोज १२ सम्म रहेको छ ।

कम्पनीले १० कित्ता शेयर बरावर नयाँ ७ कित्ता शेयर विक्री गर्न लागेको हो । कम्पनीले १० बराबर ७ को अनुपातमा ८८ लाख ७४ हजार ९६ कित्ता हकप्रद विक्री गर्दैछ । हकप्रद शेयरलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ ।

कम्पनीको हकप्रद शेयर विक्री प्रवन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

२०७६ साउन २५ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com