Logo

अन्तर्राष्ट्रिय बजारमा मूल्य घटिरहेको सुन, नेपाली बजारमा भने स्थिर

काठमाण्डौं । पछिल्लो समय लगातार बढिरहेको सुनको मूल्य , साताको तेस्रो दिन आज मंगलबार स्थिर रहेको छ । नेपाली बजारमा सुनको मूल्य आइतबारदेखि प्रतितोला ७१ हजारमा स्थिर रहेको हो । शुक्रबार प्रतितोला ७१ हजार ५ सय पुगेको सुनको मूल्य आइतबार पाँच सय घटेको थियो । तेजावी सुनको मूल्य पनि आज ७० हजार ७ सयमा स्थिर रहेको छ ।

सुनको मुल्य स्थिर रहेतापनि चाँदीको मूल्य भने घटेको छ । आइतबार देखि प्रतितोला ८ सय ३० रुपैयाँमा स्थिर रहेको चाँदी आज भने ५ रुपैयाँले घटेर प्रतितोला ८ सय २५ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा भने केही दिन देखि सुनको मूल्य घटिरहेको छ । आइतबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस १५१२ अमेरिकी डलर पुगेको सुनको मूल्य हिजो १५ सयको आसपासमा थियो । भने आज सुनको मूल्य घटेर प्रतिऔंस १४९६ को नजिक पुगेको छ ।

२०७६ भदौ ३ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com