back
NMB ad

दुहबी–कटहरी प्रसारण लाइनको अवरोध हटाउन मुख्यमन्त्रीको पहल शुरु

Kumari bank ad

विराटनगर । लामो समयदेखी अवरोध रहँदै आएको दुहबी कटहरी विद्युत प्रसारण लाइनको अवरोध हटाउन प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले पहल थाल्नु भएको छ ।

मुख्यमन्त्री राईले बुधवार आफ्नै कार्यकक्षमा यहाँको समस्या समाधानबारे सरोकारवालाहरुसँग छलफल गर्नुभएको छ । यसका लागि मुख्यमन्त्री राईले मोरङ क्षेत्र नं ४ का संघीय सांसद अमनलाल मोदी सहित, ग्रामथान गाउँपालिका अध्यक्ष, उद्योगी, व्यवसायी लगायतसँग छलफल गर्नुभएको छ ।

यतिबेला ग्रामथान गाउँपालिकाको गिधनियाँमा प्रसारण लाइन अवरोध छ । छलफलमा प्रसारण लाइनको अवरोध हटाउन मुख्यमन्त्री राईले पहलकदमी लिने बताउनुभएको छ । यहाँको समस्या समाधान गर्न म पहलकदमी लिन्छु, मुख्यमन्त्री राईले भन्नुभयो समस्या राखेर हुँदैन, सबै मिलेर समाधान खोज्नुपर्छ । विकास निर्माणमा सबैले सहयोग गर्न पनि मुख्यमन्त्री राईले आग्रह गर्नुभयो ।

मुख्यमन्त्री राईले प्रसारण लाइनको समस्या अन्त्यका लागि एक दुई हप्तामै पुनः सरोकारवाला निकायहरुको बैठक बोलाउने बताउनुभयो । यसका लागि प्राविधिक सहितको टोली गठन गरेर सम्बन्धित क्षेत्रको समस्या आधिकारीक रुपमा लिने पनि बताउनुभयो । अब यहाँको समस्या अन्त्य हुन्छ, मुख्यमन्त्री राईले भन्नुभयो विद्युत झ्याप्प झ्याप्प आउने जाने हुनुहुदैन, यसका लागि विद्युत प्राधिकरणले ध्यान दिओस् ।
गत शनिबार मात्रै मुख्यमन्त्री राईले सोलु करिडोर १३२ केभी प्रसारण लाइनको अवरोध हटाउन पहल गर्नुभएको थियो । गिधनियाँको अवरोध हटाउन यहाँका उद्योगी व्यवसायीहरुले माग गरिरहेका बेला मुख्यमन्त्री राईले अग्रसरता लिनुभएको हो । गत हिउँदमा पनि कोशी करिडोरको विवाद मुख्मन्त्री राईले समाधन गर्नुभएको थियो ।

२०७६ भदौ १८ गते प्रकाशित

वि.सं.२०७६ भदौ १८ बुधवार २३:१० मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...