back
NMB ad

पुरानै प्रविधिको कार्डको प्रयोगले ह्याकरलाई सजिलो

Kumari bank ad

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले पुरानै प्रविधिमा आधारित एटिएम कार्डलाई निरन्तरता दिएकाले ह्याकरलाई सजिलो भएको पाइएको छ ।

मुलुकका विभन्न बैंकबाट ह्याकरले एटिएम ह्याक गरी करोडौं रुपैयाँ चोरी गरेपछि गठन गरिएको छानबिन समितिले यस्तो आशंका गरेको हो ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रको संयोजकत्वमा गठित छानबिन समितिले बुधबार गभर्नरसमक्ष बुझाएको प्रतिवदेनमा ‘बैंकहरूले पुरानै प्रविधिमा आधारित एटिएम कार्डलाई निरन्तरता दिएकाले चोरी भएको आशंका’ गरिएको छ ।

‘हामीले १२र१४ वटा सुझाबसहितको प्रतिवेदन बुझाएका हौँ,’ संयोजक मिश्रले भन्नुभयोे, ‘हामीले अत्याधुनिक सुविधा अपनाउन र म्याग्नेटिक स्ट्राइप प्रविधि पूर्ण रूपमा हटाउनसमेत भनेका छौँ ।’

मुलुकका बैंकहरूले एकै कार्डमा ‘चिप’ र ‘म्याग्नेटिक स्ट्राइप’ दुवै प्रविधिमा आधारित एटिएम प्रचलनमा ल्याएका छन । सुरक्षाका दृष्टिकोणले म्याग्नेटिक स्ट्राइप कार्ड (एटिएम कार्डको पछाडिपट्टि देखिएको कालो रिबन) तुलनात्मक रूपमा असुरक्षित मानिन्छ ।

‘चिप्स’मा आधारित कार्डचाहिँ अन्तर्रा्ष्ट्रियस्तरमा केही सुरक्षित मानिन्छ । नेपाली बैंकहरूले उपलब्ध गराउने कार्डहरूमा यो दुवै प्रविधिको सम्मिश्रण छ । नयाँ पत्रिकामा समाचार छ ।

२०७६ भदौ १९ गते प्रकाशित

वि.सं.२०७६ भदौ १९ बिहीवार ०७:५४ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...