Logo

अहो डेंगुको प्रकोप ! झण्डै चार हजार विरामी, मर्नेको संख्या ६ पुग्यो (स्वास्थ्यको तथ्यांक सहित)

काठमाडौं । महामारीको रुपमा फैलँदै गएको डेंगु रोगका कारण हालसम्म झण्डै चार हजार जना विरामी परेका छन् ।

सातै प्रदेशमा फैलिएको सो रोगका कारण ३ हजार ८ सय ९९ जना विरामी परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । रोगको उपचार हुन नसकी मृत्यु हुनेको संख्या भने ६ जना पुगेको छ ।


रोगको प्रकोप ३ नम्बर प्रदेशमा ज्यादा छ । चितवन, मकवानपुर र काठमाडौंमा अत्याधिक विरामी परेका छन् । ३ नं. प्रदेशमा मात्र २ हजार १० जना विरामी परेका छन् । गण्डकीमा ८ सय ९६, १ नं. प्रदेशमा ८ सय ३१, ५ नं. प्रदेशमा ९७, २ नं. प्रदेशमा ३९, सुदुर पश्चिममा २३ र कर्णालीमा ३ जना विरामीमा डेंगु भेटिएको मन्त्रालयले तथ्यांक सार्वजनिक गरेको छ । यो तथ्यांक २०७६ साउन १ गते देखी भदौ २३ गते सम्मको हो ।

२०७६ भदौ २४ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com