back
NMB ad

सहकारी बैंक मार्फत सहकारीका सदस्यले एटिम सेवा पाउने

Kumari bank ad

काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडले आफ्ना सदस्य सहकारी संस्थामार्फत देशभरका सहकारीका सदस्यहरुले उपभोग गर्न पाउने गरी एटिएम सेवा उपलब्ध गराउने भएको छ ।

कृषि विकास बैंकसंगको सहकार्यमा सहकारी बैंकले आफ्ना सदस्य सहकारी संस्थाका सदस्यहरुलाई एटिएम सेवा उपलब्ध गराउन लागेको हो । सहकारी बैंक र कृषि विकास बैंक लिमिटेडबीच एटिएम सञ्चालन सम्बन्धी सम्झौतामा मंगलबार सम्झौता भएको छ । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय र सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले एटिएम सञ्चालन सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नु भएको छ ।

सहकारी बैंक मार्फत देशभरका सहकारीका सदस्यहरुले सुलभ रुपमा सुरक्षित कार्ड प्रयोग गर्न सक्ने तथा बैंकले सहकारी संस्थाहरुमा प्रविधिको प्रयोग गरी सहकारीका सदस्यहरुलाई समेत नबीनतम सुविधा उपभोगको अबसर प्रदान गर्ने लक्ष्य सहित सम्झौता भएको सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत गुरागाईले बताउनु भयो । सहकारी बैंकका सदस्य सहकारी संघ संस्थाहरुले बैंकका शाखा कार्यालय मार्फत तोकिएको प्रक्रिया पूरा गरेर आफ्ना सदस्यहरुलाई एटिएम कार्ड प्रदान गर्न सक्नेछन् । यूनियन पे इन्टरनेशनलको आधुनिक चिप तथा पिन सहितको सुरक्षित कार्र्ड देशभर जूनसुकै स्थानमा प्रयोग गर्न सकिने कृषि विकास बैंकले जनाएको छ ।

सम्झौता पश्चात कृषि विकास बैंकमार्फत राष्ट्रिय सहकारी बैंकसंग आवद्ध सम्पूर्ण सदस्यहरुलाई प्रिपेड कार्ड उपलव्ध गराउने भएकोले ग्रामिण क्षेत्रका दुरदराजमा रहेका सहकारीका सदस्यहरुलाई आधुनिक बैंकिङ्गका अत्याधुनिक सेवाबाट लाभान्वित हुने अवसर मिल्ने कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले बताउनुभयो ।

२०७६ कात्तिक ०१ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक १ शुक्रवार १५:०६ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...