Logo

कात्तिक २६ देखि मंसिर ५ गतेसम्म विमानस्थल बन्द हुने

काठमाडौं । झापाको भद्रपुर विमानस्थल नौ दिनका लागि बन्द हुने भएको छ । नियमित मर्मत सम्भारका लागि भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल कात्तिक २६ देखि मंसिर ५ गतेसम्म बन्द हुने उल्लेख गरेको छ ।

विमानस्थल बन्द हुने भएपछि एयरलाइन्सहरुले अतिरिक्त उडानको व्यवस्था विराटनगर मिलाइएको जानकारी दिएका छन ।नेपाल वायुसेवा सञ्चालक संघले प्रेस विज्ञप्ति जारी गर्दै भद्रपुरको सट्टा विराटनगरमा उडान थप गरिएको बताएको छ ।

२०७६ कात्तिक २५ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com