Logo

पोखरा फाइनान्सको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा

काठमाडौं । पोखरा फाइनान्सको शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा भएको छ । पुस १८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ७ दशमलव २० प्रतिशत नगद लाभांश जम्मा भएको हो ।

पुस ३ गते सम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीको बैक खातामा जम्मा भएको छ र सो मिति पछि बैंक खाता अद्यावद्यिक गराएका शेयरधनीको हकमा पनि नगद लाभांश बैंक खातामा नै जम्मा गरिदिने कम्पनीले उल्लेख गरेको छ ।

हालसम्ममा पनि शेयर प्रमाणपत्र अभौतिकीकरण नगराएका शेयरधनीले यथाशिघ्र आफुले डिम्याट खाता खोलेको सम्बन्धीत निक्षेप सदस्यमा सम्पर्क गरी आफ्नो शेयर प्रमाणपत्र अभौतिकीकरण गर्नु पर्नेछ । शेयर रजिष्ट्रार एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

२०७६ पुस २५ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com