back
NMB Ad

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए मन्दिप वशिष्ठ नियुक्त

काठमाडौं । ज्योति क्यापिटलले प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए. मन्दिप वशिष्ठलाई क्यापिटलको स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको छ ।

कम्पनीको वैशाख १३ गते बिहीबार सम्पन्न सञ्चालक समितिको ४८ औं बैठकले उक्त निर्णय गरेको हो । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागका प्राध्यापक डा.गौतमले रणनितीक व्यवस्थापनमा विद्यावारिधि तथा व्यवस्थापन र सार्वजनिक प्रशासनमा स्नातकोत्तर गरेका छन् ।

प्रा.डा. गौतमसंग एसियन ईन्स्टीच्यिुट अफ टेक्नोलोजि थाईल्याड को Adjunct प्राध्यापक, विरला ईन्स्टीच्यिुट अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजिको केस अध्ययन केन्द्रको वोर्ड सदस्य, Dong-A विश्वविद्यालय दक्षिण कोरियाको Visiting प्राध्यापक, टेक्सास क्रिष्चियन विश्वविद्यालयको Research Associate भई कार्य गर्नुभएको अनुभव रहेको छ ।

सि.ए. मन्दिप वशिष्ठले नेपाल बोर्डबाट चार्टर्ड एकाउन्टेन्सी गर्नुका साथै Diploma in IFRS समेत गरेका छन् । विशेष गरी एसएमई क्षेत्रको परामर्शदाता तथा विभिन्न कम्पनीहरुकोलागि ऋण तथा शेयर पूँजी परिचालन गरेको अनुभव भएका सि.ए वशिष्ठसंग स्वीस राजदुतावास तथा यूएसएआइडि को SME’s for growth Financing को विशेषज्ञको रुपमा सफल कार्य गरेको अनुभव रहेको छ ।
नव नियुक्त स्वतन्त्र सञ्चालकद्धय प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए. मन्दिप वशिष्ठलाई क्यापिटलका अध्यक्ष प्रकाश बरालले पद तथा गोपनियताको सपथ गराए ।

स्वतन्त्र सञ्चालकद्धय प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए. मन्दिप वशिष्ठकोे लामो कार्य अनुभव तथा कुशल व्यवस्थापकीय क्षमताले वहाँहरुले आगामी दिनमा यस क्यापिटलको व्यवसाय विस्तार एवं क्यापिटलबाट प्रदान गरिने सेवालाई सर्वोत्कृष्ट बनाउन उल्लेख्य योगदान गर्नुहुनेछ भन्नेमा यस क्यापिटल विश्वस्त रहेको छ ।

ज्योति विकास बैंकको सहायक कम्पनीको रुपमा रहेको यस क्यापिटलको चुक्ता पूँजी २१ करोड रहेको छ । हरेक ग्राहकहरुको सम्पन्नताको सहयात्री बन्ने अभिलाषा बोकेको यस क्यापिटलले नेपाल धितोपत्र वोर्डमा मर्चेन्ट बैंकरको कार्य गर्न अनुमती प्राप्त गरी लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श, धितोपत्रको प्रत्याभूति सेवा प्रदान गरिरहेको छ ।

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:३१ मा प्रकाशित

You can share this post!

सत्ताइस वर्षअघि ‘ट्याक’ खुलेको रत्नेचौर–भकुण्डे सडक कालोपत्रको तयारी   

सत्ताइस वर्षअघि ‘ट्याक’ खुलेको रत्नेचौर–भकुण्डे सडक कालोपत्रको तयारी   

वि.सं.२०८२ वैशाख १३ शनिवार ०८:५९

म्याग्दी : सत्ताइस वर्षअघि ट्र्याक खुलेको म्याग्दीको रत्नेचौर–भकुण्डे सडक कालोपत्र...

आन्दोलनबाट घर फर्किरहेका शिक्षकहरू चढेको रात्रिबस दुर्घटना, १६ जना घाइते   

आन्दोलनबाट घर फर्किरहेका शिक्षकहरू चढेको रात्रिबस दुर्घटना, १६ जना घाइते   

वि.सं.२०८२ वैशाख १३ शनिवार ०८:५४

झापा : काठमाडौँमा झापा आइरहेको प्रदेश १–०१–००१–ख४२ नम्बरको यात्रुबाहक रात्रिबस...

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम तोक मूल्य   

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम तोक मूल्य   

वि.सं.२०८२ वैशाख १३ शनिवार ०८:४९

काठमाडौँ : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

बरियारपट्टीमा ‘जनता आवास’ अनुदानको घर प्रयोगविहीन   

बरियारपट्टीमा ‘जनता आवास’ अनुदानको घर प्रयोगविहीन   

वि.सं.२०८२ वैशाख १३ शनिवार ०६:४०

सिरहा : सिरहाको बरियारपट्टी–३ तिलैया मुसहर टोलस्थित निम्न आयस्तर भएका...

आजको मौसम पूर्वानुमान : यी चार प्रदेशका पहाडी भू–भागमा आंशिक बदली   

आजको मौसम पूर्वानुमान : यी चार प्रदेशका पहाडी भू–भागमा आंशिक बदली   

वि.सं.२०८२ वैशाख १३ शनिवार ०६:२७

 काठमाडौँ  : हाल नेपालमा मुख्यतया स्थानीय वायुको आंशिक प्रभाव रहेको...

मुग्लिन पोखरा सडक : दमौली बजारस्थित बागबजार खण्डमा दोस्रो चरणको कालोपत्र सुरु   

मुग्लिन पोखरा सडक : दमौली बजारस्थित बागबजार खण्डमा दोस्रो चरणको कालोपत्र सुरु   

वि.सं.२०८२ वैशाख १३ शनिवार ०६:२२

दमौली (तनहुँ)  : मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत तनहुँको सदरमुकाम...