Logo

भोलि सार्वजनिक विदा !

काठमाडौं । भोलि माघ १ गते सार्वजनिक विदा दिएको छ । माघी पर्वका अवसरमा बुधवार देशका विभिन्न स्थानहरुमा सार्वजनिक विदा दिइएको हो ।

भोलि गण्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश, ५ नम्वर प्रदेशमा सार्वजनिक विदा दिएको छ । यस्तै, कैलालीको कैलारी गाउपालिका, इलामको माङ्गसेबुङ्ग र माईजोगमाई गाउँपालिका लगायतले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

किराँतहरुले यसलाई नयाँ वर्षको रुपमा मनाउँछन् भने थारु र मगर समुदायले माघी पर्वको रुपमा विशेष कार्यक्रम गरी मनाउँदै आएका छन् ।

२०७६ पुस २९ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com