back
NMB ad

स्थानीयले नै निर्माण गरिदिए प्रहरी चौकी

Kumari bank ad

सिन्धुपाल्चोक । भुकम्पले प्रहरी चौकी ध्वस्त भएपछि स्थानीयको सक्रियतामा भुकम्पको एक वर्षपछि प्रहरी चौकी निर्माण गरेर प्रहरीलाई हस्तान्तरण गरिएको छ । स्थानीयको सक्रियतामा यसरी प्रहरी चौकी निर्माण गरेर प्रहरीलाई हस्तान्तरण गरिएको जिल्लामा यो पहिलो हो ।

व्यापारीक केन्द्र बाह्रविसेमा रहेको प्रहरीको अस्थाई पोष्ट भुकम्पले क्षति भएपछि स्थानीय टोल सुधार समितिले आर्थिक संकलन गरेर चिटिक्क पारेको भवन शनिबार प्रहरीलाई हस्तान्तरण गरिएको थियो । व्यस्त बजारमा प्रहरी चौकी नहुदा आफुहरुलाई समस्या भएकाले आफुहरुको सक्रियातामा चौकी निर्माण गरेको स्थानीय उद्धव तिवारीले जानकारी दिए । बजारमा चौकी हुदा हामी ढुक्क थियौ,तर बैशाख १२ पछि बस्ने ठाउँ नभएपछि प्रहरीहरु रातमा नबस्ने भएपछि आफुहरुले पैसा उठाएर भवन निर्माण गरेको तिवारीले बताए । राम्चे –७ को टोल सुधार समितिले अस्थाई प्रहरी पोष्ट निर्माण गरिदिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख डीएसपी विश्व अधिकारीले जानकारी दिए । ४ लाख ७५ हजार रुपियाँ नगद र जनश्रमदानबाट भवन निर्माण सम्पन्न भएको इलाका प्रहरी कार्यालय बाह्रविसेका प्रहरी निरीक्षक राजु पाण्डेले जानकारी दिए ।

स्थानीयको सक्रियतामा निर्मीत प्रहरी भवनको प्रमुख जिल्ला अधिकारी गोर्कणमणी दुवाडी र डीएसपी विश्व अधिकारीले सयुक्त रुपमा उद्घाटन गरेका थिए । कार्यक्रममा सहयोग गर्ने १ सय १ जनालाई प्रजिअ दुवाडीले सम्मान पत्रले सम्मान गरेका थिए । भवन निर्माणका लागि इलाका प्रहरी कार्यालयका प्रहरीले समेत श्रमदान गरेका थिए । सो अवसरमा इलाका प्रहरी कार्यालयका बाह्रविसेका प्रहरी निरीक्षक राजु पाण्डेलाई भुकम्पपछि यस क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै सम्मान गरिएको थियो ।

सिन्धुपाल्चोक प्रहरी देखाएको व्यावसायीकता, सक्रियताको कारण स्थानीयले नै भवन निर्माण गरेर प्रहरी प्रति गरेको विश्वास प्रशंसा योग्य भएको प्रजिअ दुवाडीले बताए । स्थानीय सक्रियतामा यसरी भुकम्पले भत्केको भवन नयाँ बनाइदिएकोमा आफुहरु खुसी भएको डीएसपी अधिकारीले बताए ।

११ बैशाख २०७३

वि.सं.२०७३ वैशाख ११ शनिवार १८:२८ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...