back
NMB ad

साँस्कृतिक विविधताले नेपालीको एकता थप मजवुद : प्रम ओली

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साँस्कृतिक विविधताले एकताले नेपालीको एकतालाई थप मजवुद बनाएको बताउनुभएको छ ।
मगर समुदायले मनाउने माघे संक्रान्ती र थारु समुदालयले मनाउने माघी पर्वका अवसरमा आज एक शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गर्नुभएको हो ।
शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक विशेषता नेपालको मौलिक पहिचान भएको उल्लेख गर्नुभएको छ । “एकातिर यहाँ बसोबास गर्ने विभिन्न जाति, जनजातिको पहिचान दर्शाउने आ–आफ्नै संस्कृति र चाडपर्व रहेका छन् भने अर्कातिर, यो साँस्कृतिक विविधताले हाम्रो एकतालाई अझ मजबुत बनाएको छ” प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ ।
प्रधानमन्त्री ओलीले मगर समुदायले नयाँ बर्षको रुपमा मनाउने यस पर्वलाई अन्य जाति र समुदायका नागरिकहरुले पनि विशेष महत्वका साथ मनाउने गरेको उल्लेख गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले थारु समुदायले आजकै दिन मनाउने माघी पर्वलाई स्वतन्त्रता दिवशको रुपमा उपयोग गर्नु पर्ने बताउनुभएको छ । थारु जातिहरुलाई कमैया राख्ने कुप्रथा अन्त्य भइसकेको स्मरण गराउदै प्रधानमन्त्री ओलीले अहिले थारुहरु कसैको बन्धनमा नरही स्वतन्त्र र विवेकपूर्ण निर्णय गर्न सक्ने अवस्थामा पुगेको बताउनुभएको छ । “बर्षभरी सामन्तकोमा कमैया बस्न बाध्य थारु समुदायका दिदीबहिनी दाजुभाइहरुले माघीको दिन मात्र विदा पाउथे” प्रधानमन्त्री ओलीले आफ्नो सन्देशमा भन्नुभएको छ “त्यसैले यस दिनलाई स्वतन्त्रता दिवशको रुपमा पनि स्मरण गर्न सकिन्छ ।”
कुनै बेला कमलरी ÷कमैया बस्न बाध्य थारुहरु समुदायका दिदीबहिनीहरुले लोकतन्त्रको स्थापना पछि संविधानसभामा समेत सहभागिता जनाएको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ । “आजको नेपालमा कमैया प्रथा कायम छैन । बरु हिजो कमैया बस्न बाध्य पारिएका थारु समुदायका कृषि मजदूरहरु लगायत सबै जात र समूदायको सहभागितामा जारी गरिएको संविधान कार्यान्वयन गर्दै हामी समृद्ध नेपाल, सुखी नेपालीको ध्येय हासिल गर्न अग्रसर छौं” प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ ।

२०७५ माघ १ गते प्रकाशित

वि.सं.२०७५ माघ १ मंगलवार १२:०६ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...